फिक्सिङको आरोपमा पक्राउ खेलाडीलाई थप सात दिन थुनामा राख्न आदेश

काठमाडौं, १५ कात्तिक

फिक्सिङको आरोपमा पक्राउ परेका फुटबल खेलाडीहरुलाई थप सात दिन हिरासतमा राख्न विशेष अदालत काठमाडौंले आदेश दिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले म्याद थपका लागि आज अदालतमा उपस्थित गराएको थियो ।प्रहरीले अनुसन्धानका लागि थप ८ दिनको समय मागेपनि अदालतले सात दिन समय दिएको हो। उनीहरूलाई राज्य विरुद्धको अपराधमा मुद्दा दर्ता गरेको छ।

यसअघि पनि विशेष अदालतले पक्राउ परेको मितिले १७ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। अदालतको म्याद शुक्रबार नै सकिएपनि सार्वजनिक विदाका कारण आइतबार उपस्थित गराएको प्रहरीले जनाएको छ।

अन्तर्राष्ट्रिय खेलहरुमा करोडौं पैसा लिएर म्याच फिक्सिङ गरेको आरोपमा प्रहरीले असोज २७ गते राष्ट्रिय टीमका तत्कालीन कप्तान सागर थापा, उपकप्तान सन्दिप राई, गोलकिपर रितेश थापा र विकास सिंह क्षेत्री र प्रशिक्षक अन्जन केसीलाई पक्राउ गरेको थियो।

Comments are closed.