पोखरा हटलाईन
✍️कबिता पान्डे ( विधार्थी पत्रकार)
टि २० विश्वकप क्रिकेट छनोटको दोस्रो खेलमा नेपालले फिलिपिन्समाथि शानदार विजय हासिल गरेको छ।
शनिबार ओमानमा भएको खेलमा नेपाल १३६ रनले विजयी भएको हो।
२१८ रनको लक्ष्य पछ्याएको फिलिपिन्स जम्मा ८२ रनमा समेटियो।
टस हारेर पहिले ब्याटिङ गर्दै नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २१८ रन बनाएको थियो।
फिलिपिन्सलाई ८२ रनमा समेट्ने क्रममा नेपालका कप्तान सन्दीप लामिछानेले ३ विकेट लिए। त्यस्तै, गुल्सन झा, जितेन्द्र मुखिया, अभिनाश बोहोरा,कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले एक/एक विकेट लिए।
नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक १०४ रन बनाउँदै शतकीय पारी खेले। उनले ६१ बलमा १३ चौका र १ छक्का प्रहार गरे।
यस्तै उनीसँग नेपालकै ठूलो टि–२० साझेदारी खेलेका दीपेन्द्रसिंह ऐरीले ८३ रन बनाए।
योसँगै नेपाल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। अब अर्को खेल सोमबार नेपालको खेल क्यानडासँग हुनेछ।
Comments are closed.