
बुटवल, भदौं २७ ।
नेपाल सरकारले भारतबाट आयात हुने पशुपंक्षी जन्य पद्धार्थ तथा पशु पंक्षीहरु आयातमा रोक लगाए पनि अझै सम्म पूर्ण रुपमा रोकथाम हुन सकेको छैन् । यसरी सरकारले रोक लगायपछि झन अवैध रुपमा पंक्षी तथा मासुजन्य पद्धार्थमा गनिने कुखुराका चल्लाहरु भित्रिने क्रम पनि उत्तिकै छ ।
पटक पटक अवैध रुपमा भारतबाट ल्याईएका कुखुराका चल्लाहरु प्रहरीले पक्राउ गरी नष्ट गरेको कुरा संञ्चार माध्यमहरु आएको स्मरण रहेकै समयमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका आधा दर्जन ईकाईहरु छलि ईलाका प्रहरी कार्यालय छपियाबाट विहान ४ बजे प्रहरी निरीक्षक भोजराज पाण्डेको नेतृत्वमा गएको मोवाईल गस्ती टोलीले दयानगर गाविस वडा नं. ४ स्थानिय लिलाधर कलेज अगाडीबाट ठुलो परिमाणमा अवैध कुखुराका चल्लाहरु वरामद गरी नष्ट गरेको छ ।
पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ दफा–९ अनुसार पशु क्वारेन्टाईन कार्यालय वा नाकाबाट आयात नभएर अवैध रुपमा भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको ३० कार्टुन अन्दाजी १८ सयको हाराहारीमा नेपाली मूल्य अनुसार अन्दाजी एक लाख आठ हजार बराबरका ब्रोईलर कुखुराका चल्लाहरु बरामद गरी ईलाका प्रहरी कार्यालय छपियाको परिषर भित्र खाल्डोमा पुरेर नष्ट गरिएको प्रहरी निरीक्षक भोजराज पाण्डेले जानकारी गराए । पाण्डेले अवैध तथा गैर कानुनी कार्य गर्ने सवैलाई हतोत्साहित गर्नु पर्ने बताउँदै उक्त कुखुराका चल्लाहरु क्वारेन्टाईन रुपन्देहीका प्रतिनिधी, पत्रकार, स्थानिय भद्र भलाद्मीहरुको रोहवरमा नष्ट गरिएको जानकारी गराए ।
त्यसैगरी जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवतmा बेलबहादुर पाण्डेले अवैध रुपमा भैरहेका कार्यहरुलाई प्रहरीले निरुत्साहित गर्ने प्रहरीको जिम्वेवारी भए पनि उक्त कार्यमा सम्वन्धित क्षेत्रका सरोकारवालाहरुको पनि समन्वय हुन सकेका
Comments are closed.