पोखरा–, भदौ,
पोखरा–१७ तल्लो विरौटामा अवस्थित फिस्टेल एकेडेमीका विद्यार्थीहरु पोखरा–१७, सीतापाइला स्थित पोखरा वृद्धाश्रम पुगेका छन् । गत बुधबार विद्यालयमा निमावि तहमा अध्ययनरत विद्यार्थीहरु सहयोग सामग्रीसहित त्यहाँ पुगेका हुन् ।
गरेका थिए । विद्यार्थीहरुलाई समाजप्रति उत्तरदायी बनाउन र मानवताको भावना विकास गराउन आश्रमको अवलोकनसँगै सहयोग सामग्री लिएर पुगेको विद्यालयका मिडल स्कुल संयोजक कमल लामिछानेले बताए । विद्यार्थीहरुले फलफूल, खाजा प्रदान गर्दै त्यहाँ रहेका वृद्धवृद्धाहरुसँग भलाकुसारी गरेका थिए । वृद्धवृद्धाहरुले असल मान्छे बनेर देशको सेवामा लाग्नू भन्दै आशीर्वाद मात्र दिएनन् राष्ट्रको सीमा मिचिएको वर्तमान अवस्थाप्रति चिन्ता समेत प्रकट गरे ।
वृद्धाश्रमको अवलोकनपछि त्यहाँको अवस्था र वृद्धवृद्धाहरुसँगको कुराकानीले आफूलाई भावुक बनाएको कक्षा ८ मा अध्ययनरत विद्यार्थी विश्वास रानाभाटले बताए । डा. महाविर पुनको सक्रियतामा स्थापित राष्ट्रिय आविष्कार केन्द्रलाई रु एक लाख सहयोग गरेको विद्यालयले विभिन्न सामाजिक र समसामयिक गतिविधिमा सक्रिय रुपमा सहभागिता जनाउँदै आएको छ ।
Comments are closed.