
२८, असार, पोखरा |
पोखरा-१७ घारीपाटन स्थित फिस्टेल बचत तथा ऋण सहकारी संस्थाले आफ्नो प्रारम्भिक
साधारण सभा भव्य रुपमा सम्पन्न गरेको छ | उक्त कार्यक्रम पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष श्री तेज नारायण अधिकारीको प्रमुख आतिथ्यता तथा पोखरा महानगरपालिका वडा नं १७ का जननिर्वाचित वडा सदस्य श्री बैकुण्ठ भण्डारीको आतिथ्यता मा सुर्योदय इभेन्ट्स सेन्टर, बिरौटामा गरिएको छ | तदर्थ समितिको तर्फबाट उपाध्यक्ष श्री टिका बहादुर भण्डारी क्षत्रीले स्वागत मन्तब्य प्रस्तुत गरे, कोषाध्यक्ष लाल बहादुर रेग्मीले आर्थिक प्रतिबेदन पेश गर्दै संस्थाले छोटो समयमा संचालन मुनाफा आर्जन गर्न सफल भएको जनाकारी दिए |सदस्य पुष्पा शर्माले सहकारीका सात सिध्दान्तहरु बाचन गरेर सुनाएकी थिइन् | संस्थाका सदस्य शोबित बहादुर खड्का, प्रेम बहादुर श्रेष्ठ, लक्ष्मी अर्याल, बाबुराम पन्तले शुभकामना मन्तब्य राखेका थिए | संस्थाका अध्यक्षले आफ्नो प्रतिबद्धता जाहेर गर्नेक्रममा “हामी जे गर्छौं त्यो मात्रै भन्छौं र जे भन्छौं त्यो भन्दा बढी गर्छौं” भन्दै गर्दा सभाहलबाट तालीगुन्जिएको थियो | संस्थाका कुल ३३७ जना शेयर सदस्यहरु मध्ये २६२ जनाको उत्साहजनक सहभागितामा संचालन भइसंस्थाका नीति तथा प्रतिबेदनहरु अनुमोदन गरिएका थिए |
संस्थाका शेयर सदस्यका परिवारहरु मध्येबाट गत बर्ष सम्पन्न SEE परिक्षामा उत्कृस्ट नतिजा ल्याउन सफलछात्र/छात्रालाई सम्मान समेत गरिएको थियो | हरि प्रसाद श्रेष्ठको संयोजकत्वमा गठित निर्वाचन समितिका सदस्यहरु योगेन्द्र बहादुर के.सी र बाबुराम पन्त ले श्री रबिन्द्र कुमार श्रेष्ठ को अध्यक्षतामा उपाध्यक्ष टिका बहादुर भण्डारी क्षत्री,कोषाध्यक्ष लाल बहादुर रेग्मी, सचिव लक्ष्मी थापा गिरी, सदस्यहरु पुष्पा शर्मा, बाबुराम पोख्रेल, रमाकान्त गौतम, तुलसी राम शर्मा तथा धन बहादुर गुरुङको सहभागितामा नया कार्यसमिति गठन गरेको छ | त्यसैगरि उक्त सभाले लेखा
सुपरिवेक्षण समितिमा संजय सुबेदीलाई संयोजक तथा सुमन तिवारी र टंक प्रसाद गौतमलाई सदस्य पदमा निर्वाचितगरेको छ | कार्यक्रम संचालन संस्था कि सचिब लक्ष्मी थापा गिरीले गरेकी थिइन् |
Comments are closed.