अमृत सुवेदी/ पोखरा १४ साउन
पोखराको चिप्लेढुङ्गामा फुटपाथ व्यवसायी र पोखरा उपहानगरपालिकाबीच बुधबार साँझ तनाव उत्पन्न भएको छ । उपमहानगरपालिकाका कार्यक्रम अधिकृत ओमराज पौडेलसहितको टोलीले चिप्लेढुङ्गामा फुथपाथ व्यवसायीका सामान कब्जा गरी उनीहलाई हटाउन खोज्दा तनाव उत्पन्न भएको हो । फुटपाथेहरुको तरकारी तथा फलफुल नगरपालिकाले कब्जा गरेपछि करिव डेढ घन्टा तनाव उत्पन्न भएको थियो ।
नगरपालिका र फुटपाथे व्यवसायीकाबीच लामो समय भनाभन भएपछि ठूलो भीड लागेको थियो । तनाव नियन्त्रणका लागि नगरपालिकाले जिल्ला प्रहरीलाई बोलाएको थियो । नगरपालिकाको रोहबरमा प्रहरीले तीन जना फुटपाथे महिलाहरुलाई प्रक्राउ गरेको छ । तनावले उग्र रुप लिँदै गएपछि महिला प्रहरीलाई बोलाएर जवरजस्ति भ्यानमा हालिएको थियो ।
दुवै पक्षकाबीच डोको तानातान हुँदा केहीलाई सामान्य चोट लागेको छ । नगरपालिकाले फुटपाथ हटाउने क्रममा दुव्र्यवहार गरेको भन्दै उनीहरुले आक्रोस पोखेका थिए । ‘नगरपालिकाबाट फुटपाथ उठाउन आएका व्यक्तिहरुले अपमानित हुने शब्द प्रयोग गर्नुका साथै दुव्र्यवहार गरेका छन्’ पक्राउ परेकी कौशिला तामाङले भनिन् ‘फुटपाथ उठायो ठिकै छ तर हामी पनि मान्छे हौंं, अपमानित हुने शब्द प्रयोग गर्न पाईँदैन ।’
प्रहरीले तीन जनालाई पक्राउ गर्न लागेपछि फुटपाथ व्यवसायीले पक्राउ गर्ने हो सबैजनालाई पक्राउ गर्न दवाव दिँदै अवरोध गरेका थिए । ‘पोखरामा फुटपाथ व्यवसायी फेरि बढ्न थालेका छन्’ नगरपालिकाका कार्यक्रम अधिकृत पौडेलले भने ‘अहिले यतिकै छाड्ने हो भने यो फुटपाथ समस्या समाधान गर्नै मुस्किल पर्छ ।’ फुटपाथ समस्या समाधान गर्ने नगरपालिकाको कार्यक्रम नै भएकाले उठाउन बाध्य भएको पौडेलको भनाई ।
नियमलाई मिच्नुपर्ने रहर नभएर बाध्यता भएको भन्दै फुटपाथेहरुले नगरपालिकाले निरिह व्यापारीलाई मात्र कारवाही गरेर ठूला व्यापारीलाई छोडेको आरोप लगाएका छन् । ‘नगरपालिकाले साना व्यापारीलाई मात्र लखटेर हुँदैन’ उनीहरुले भने ‘सडकमै मोटरसाईकल पार्किङ गर्न पाउने, गाडी तथा मोटरसाईकलका ग्यारेजहरुले सडकलाई ओगटेर गाडी राख्न पाउने, निर्माण व्यवसायीले हिड्नै नमिल्ने गरि सडकमा निर्माण समाग्री राख्न पाउने अनि हामी साना व्यापारिलाई मात्र हस्तक्षेप गर्ने ? यो कस्तो न्याय हो ?’ पोखरामा फुटपाथ व्यवसाय निर्मुल भएको बताइएपनि पछिल्लो समय फुटपाथमा डोके तथा पोके व्यवसाय बढ्दै गएपछि नगरपालिकाले हटाउन लागेको पौडेलले बताए ।
Comments are closed.