साउन १२
📝अजित तिमिल्सिना
पोखरा ४ स्थित गणेश टोलमा फुटसलका साथै सुविधा सम्पन्न जिम सहितको स्पोर्ट्स क्यासल सञ्चालनमा आएको छ। पोखरामा बढ्दै गरेको फुटसल क्रेजलाई लक्षित गर्दै फुटसल सञ्चालनमा ल्याइएको कुरा संचालक ईश्वर गुरुङले(चन्द्र) जानकारी दिए ।
स्पोर्ट्स क्यासलमा सुविधा सम्पन्न जिमको पनि व्यवस्था रहेको छ। फुटसल र जिममा ओपनिङ अफर अन्तर्गत भिविन्न छुट रहेको छ। स्पोर्ट्स क्यासलमा युवतीहरूलाई लक्षित गर्दै स्वास्थ्यका लागि लोकप्रिय भन्दै गएको जुम्भाको पनि सुविधा उपलब्ध छ। जिम फुटसलका साथै स्वास्थ्यकर खानाको लागि आफूहरूले रेष्ट्रो र जुसबार सञ्चालनमा ल्याउने योजना रहेको कुरा सन्चालक अनमोल पालिखेले जानकारी दिए।


Comments are closed.