पोखरा पर्यटकीय गन्तव्य हो । यगएको जेठ महीनाको अन्तिम साता सुरु हुँदा न हुँदै देखि संसदको विकास समितिको अगुवाईमा त्यस फाँटमा पर्ने सांसदहरु पर्यटक खोज्दै नगरकोट र पोखरा धाएका छन् ।
संसदको विकास समिति, पर्यटन मन्त्रालय र पर्यटन बोर्डको संयुक्त कार्यक्रमका रुपमा थुप्रै माननीय सांसदहरु समेत त्यस अभियानमा काठमाडौं उपत्यका नजिकको “पिकनिक स्पट” नगरकोट र पर्यटकीय गन्तव्य पोखरामा रमाइलो मुडमा देखा परे । संसदको विकास समितिका सभापति अगुवाइमा सांसदहरुले भूकम्प पछि पर्यटक व्यवसायलाई गति दिनका लागि भनेर नगरकोट र पोखरामा कार्यक्रम आयोजना गरे । प्रमुख अतिथि संविधानसभाका सभामुख, विशेष अतिथि अर्थमन्त्री र पर्यटन मन्त्री रहेको भव्य कार्यक्रम आयोजना भयो । यसलाई सबैले सकारात्मक रुपमा नै लिए तर उही नेपाली जन जिब्राको भनाई “टाउको दुःखेको औषधी नाइटोमा लगाइ” भने जस्तो पर्यटन उद्योगलाई भूकम्प पछि निरन्तरता दिन भनि गरिएको कार्यक्रमको विसंगत पक्ष बारे भने भन्ने पर्ने हुन्छ ।
पोखराको मात्र होइन समग्र नेपालकै पर्यटन प्रवद्र्धन गर्नका लागि गर्नुपर्ने आधारभूत काम केहि पनि नगर्ने तर फुलबुट्टे कसरतले केही पनि उपलब्धी हुन सक्दैन भन्ने मात्र हो । पोखरामा अढाइ आना जग्गामा ६ तले घर बनाएर पनि चित्त नबुझि अझ २ तल्ला थप्ने सोँच र फेवातालमा पोखरा सहर भरिको फोहोर दुर्गन्ध मिसाएर पोखराको पर्यटन उद्योग विकास गर्ने चिन्ताले केही नहुने यर्थाततालाई भने सबैले बुझनपचाई आत्मसात गर्न सक्नु पर्छ ।
पर्यटक प्रवर्धन गर्न तामझाम सहित हकुलर्स प्रयासको भारी बोकेर पोखरा आएको उक्त टोली यस अघि पर्यटनलार्ई बोलाउन नगरकोट पुगेको थियो । तर त्यहाँ कुनैपनि पर्यटकहरुले उनीहरुको कुरा बुझ्न नसकेकोे कारण हुनुपर्छ त्यस टोली नेपालको महत्वपूर्ण पर्यटकीय गन्तव्य रहेको पोखरामा आई पुग्यो ।
उक्त टोली काठमाडौंबाट प्रस्थान गर्दा देखिनै रोमान्टिक र पिक्निक मुडमा रहेको कुरा त्यस यात्रामा रहेका कलाकार, पत्रकार, सासंदहरुको रमाइलो झलक पोखराका सांसद यज्ञबहादुर थापाले स्वागत भाषणमा वर्णन गरेकै हाउभाउबाट सबैलाई थाहा भएको कुरा हो । सांसद ज्यूहरुले कलाकार, पत्रकारसँग बस यात्रा मै रमाइलो अन्तक्रिया गर्नुलार्ई अन्यथा भन्न खोजिएको होइन । तर, कुरा कतिसम्म हो भने पोखराको मात्र होइन समग्र नेपालकै पर्यटन प्रवद्र्धन गर्नका लागि गर्नुपर्ने आधारभूत काम केहि पनि नगर्ने तर फुलबुट्टे कसरतले केही पनि उपलब्धी हुन सक्दैन भन्ने मात्र हो । पोखराकै पर्यटन प्रवर्धनको कुरा गर्दाे त्यसै कार्यक्रमका मुख्य अतिथि संसदका सभामुख सुवास नेवाड्डले भने जस्तो “पोखरामा अढाइ आना जग्गामा ६ तले घर बनाएर पनि चित्त नबुझि अझ २ तल्ला थप्ने सोच र फेवातालमा पोखरा सहर भरिको फोहोर दुर्गधित मिसाएर पोखराको पर्यटन उद्योग विकास गर्ने चिन्ताले केही नहुने भन्दै औल्याउनु भएको यर्थाततालाई भने सबैले बुझनपचाई आत्मसात गर्न सक्नु पर्छ ।
देशको एक मात्र अन्तराष्ट्रिय विमान स्थल रहेको काठमाण्डौं उपत्यकालाई सरकारले संकटग्रस्त क्षेत्र घोषणा गर्ने अनि त्यै संकट ग्रस्त घोषणा भएको विमान स्थलबाट तिमिहरु नेपाल घुम्न आऊ भन्दै नगरकोटको डाँडा र पोखराबाट पर्यटकलार्ई बोलाउनु कति सान्दर्भिक होला ? संकट ग्रस्त घोषित क्षेत्र घुम्न निस्कने कुन देशको कुन पर्यटकलाई त्यहाँका कुन विमा कम्पनीले “यात्रा विमा” गर्छ होला ? जुन ठाउँमा सरकारले नै संकटग्रस्त घोषणा गरेको छ त्यहाँ जानाजान भवितव्यमा परि जीवन खतरा मोल्न कुन देशका पर्यटक रमाएर आउँछन् होला ?
शक्तिशाली भूकम्प पछि जनजीवन अस्तव्यस्त भए । हाम्रा प्राचिन र महत्वपूर्ण सम्पदाहरु पनि भत्केका छन् । तिनको जिर्णोद्वार गर्न पनि मानवीय श्रोत चाहिन्छ । भत्किएका घर, स्कूल, बाटोघाटो, बनाउन पनि युवाहरुको देशमा खाँचो छ । भोलि देशमा पर्यटकहरुको ताँती लाग्दा पनि होटल लज, रेष्टुराहरुमा काम गर्ने वेटर, कुक, गार्ड, ट्रेकिङ पद प्रदर्शक, ड्राइभर गरि थुप्रै युवा शक्तिका खाँचो पर्दछ । समग्रमा भन्नु पर्दा यसबेला मुलुक पुननिर्माण र पुनस्थापनाको अवस्थामा छ । यस बेला हाम्रा विदेशमा भएका युवा जनशक्तिलाई नेपाल आउने वातावरण र आर्कषण गर्न फ्रि टिकट, फ्रि फर्कर्ने प्रमिटको व्यवस्था गर्न आवश्यक छ । त्यसै गरी नेपालमा पर्यटकहरुलाई आकर्षण गर्न केहि समयको लागि भिसा फ्रि को बन्दोबस्त गरेपनि ठूलै राहत हुन्छ । तर हाम्रा श्रम मन्त्री युवा जनशत्तिलाई विदेशबाट स्वेश फर्कन होइन नेपालबाट बढि भन्दा बढि युवा पलायन गर्न हौसाउदै विदेश जानेहरुको लागि फ्रि भिषा र फ्रि टिकेटको व्यवस्था गरेकोमा गौरव महशुस गरेर बसेका छन् । यस्तो उल्टो गंगा बग्ने काम गर्दा पनि सबै मख्ख छन् ।
अर्को आश्चर्यको कुरा देशको एक मात्र अन्तराष्ट्रिय विमान स्थल रहेको काठमाण्डौं उपत्यकालाई सरकारले संकटग्रस्त क्षेत्र घोषणा गर्ने अनि त्यै संकट ग्रस्त घोषणा भएको विमान स्थलबाट तिमिहरु नेपाल घुम्न आऊ भन्दै नगरकोटको डाँडा र पोखराबाट पर्यटकलार्ई बोलाउनु कति सान्दर्भिक होला ? संकट ग्रस्त घोषित क्षेत्र घुम्न निस्कने कुन देशको कुन पर्यटकलाई त्यहाँका कुन विमा कम्पनीले “यात्रा विमा” गर्छ होला ? जुन ठाउँमा सरकारले नै संकटग्रस्त घोषणा गरेको छ त्यहाँ जानाजान भवितव्यमा परि जीवन खतरा मोल्न कुन देशका पर्यटक रमाएर आउँछन् होला ? अनि यस्तो अवस्थामा काठमाडौंमा रहेको कुन विदेशी राजदूतावासले “नेपाल सुरक्षित गन्तव्य हो” हाम्रा नागरिकलाई घुम्न पढाइ देउ भनि भ्रमण योग्य गन्तव्य रहेको प्रमाणित गरेर प्रमाण–पत्र दिन्छन् होला ?
तथ्य कुरा के हो भने पोखरालाई जसरी प्रकृतिले वरदान दिएको छ त्यसरी नै फेवाताल वरवर घर हुने साहु र त्यही व्यवसाय गर्नेहरुबाट फेवातालमा थिचामिचो अनि प्रचुर अतिक्रमण आज पनि जारी छ । अनि कवि र कथाकारले वर्णन गरेर मात्र पोखरामा पर्यटनको विकास कसरी हुन्छ ?
यसरी एउटा सामान्य मान्छेले पनि सहजरुपमा अनुमान गर्न सक्छ कि संकट क्षेत्रमा कुनै पनि पर्यटक आउँदैन तर त्यसलाई अध्ययन, अनुसन्धान, विषलेश्ण गरेर सरकारलाई सही काम गर्न निर्देशन दिने सांसद समितिका सांसदहरु झोला बोकेर नगरकोटको डाँडाबाट पूर्व तर्फ मेलम्ची पश्चिम तर्फ भक्तपुर, उत्तर तर्फ चाँगुनारायण तथा दक्षिण तर्फ चौतारा फर्केर कहाँको कुन पर्यटकलाई नेपाल भम्रण गर्न आमन्त्रण गरेका होलान् केहि बुझिएन । अझ रमाईलो कुरा संकट ग्रस्त क्षेत्र घोषणाले पर्यटक प्रवद्र्धनलाई कुनै असर नपर्ने भाषण गर्र्दै हाम्रा पर्यटन मन्त्रीले के कति कुरा बुझेका होलान् ? यो झन अचम्म छ । यस्तो रमाइलो काम व्यवहारलाई कसरी मुल्याङ्कन गर्ने ? धन्य हो । सोच आ– आफ्नो हो । सोच बजेट हुने हरुको हो । बजेट कहाँ खर्च गर्ने भन्ने अख्तियारी प्राप्तहरुको कुरा हो । सर्वसाधारणले के भनलान् भन्ने हेक्का हाम्रो जनप्रतिनिधिहरुलाई हुने भएको भए देशको आज यो अवस्था हुने थिएन ।
जहाँसम्म पोखराको पर्यटक विकासको कुरा छ । पोखरा अहिले पनि सुरक्षित छ । पोखरा व्यवस्थित छ । यहाँ राम्रा होटल, लज छन् । संसारभरिका खाना पाईन्छ । माछापुच्छ्रे धौलागिरी र अन्नपूर्णका हिम चुचुराहरु छर्लड्ड देखिन्छन् । कुरकुरे वैशमा मायालुको माया जस्तै फेवा ताल माथी परेको माछापुच्छ्रे छाँयाले मन लोभ्याउँछ । पर्यटकहरुको त कुरै छोडौं पोखराले कवि, कलाकारहरु समेतको मन पगाल्छ । तर पनि किन हामिले सोचे जस्तो तयारी गरे जस्तो र चाहे जस्तो पर्यटनको विकास हुन सकेन । यस बारे कोहि पनि साँचो कुरा बोल्न तयार देखिदैनन् । तथ्य कुरा के हो भने पोखरालाई जसरी प्रकृतिले वरदान दिएको छ त्यसरी नै फेवाताल वरवर घर हुने साहु र त्यही व्यवसाय गर्नेहरुबाट फेवातालमा थिचामिचो अनि प्रचुर अतिक्रमण आज पनि जारी छ । अनि कवि र कथाकारले वर्णन गरेर मात्र पोखरामा पर्यटनको विकास कसरी हुन्छ ?
यहाँ शक्तिशाली भूकम्पले देश हल्लाए पनि विदेशमा रहेका हाम्रा राजदूतावास, कन्सुलेट अफिस र विदेशी मिसनहरुमा भूकम्प गएको छैन । त्यहाँ डलर तलब खाएर राजदूत देखि खरिदार सम्म को जागिरेहरु छन् । यस अवस्थामा पर्यटन प्रर्वद्धन गर्न र भूकम्प पछिको नेपालको वास्तविक अवस्था जानकारी गराएर वातावरण बनाउ भन्ने आदेश तिनलाई कुनै सरकारी निकायबाट गएको थाहा छैन ।
आजका दिनमा पनि लेकसाइडमा सैलुन चलाउनेहरुले दिनभरि काँटेको कपाल, रेष्टुरेण्ट र होटलहरुले रित्याएका खालि क्यान र प्लाष्टिकका बट्टाहरु राती राती डुड्डामा हालि फेवाताल बीचमा लगेर फाल्ने काम रोकिएको छैन । फेवातालको सीमा यो वा त्यो वहानामा अतिक्रमण गर्नेहरुलाई कारवाही गरिएकोे छैन । व्यक्ति पिच्छे फरक फरक मापदण्ड बनाएर मिचिएको सडक, घरटहरा भत्काउने हिम्मत कसैको छैन । वास्तवमा यो काम राज्य सयन्त्रमा रहेका जनप्रतिनिधि, प्रशासक, पर्यटन विकासको ठेक्का लिएर बसेको पर्यटन बोर्ड र जि.वि.स र नगरपालिका जस्तो स्थानिय निकायले गर्नु पर्ने हो । तर ती सबै मञ्चमा भाषण गर्न र आफ्नो विदोता प्रदर्शन गर्न मात्र लागेपछि समस्याको चुरो जहाँको त्यही रहेको हो ।
यहाँ शक्तिशाली भूकम्पले देश हल्लाए पनि विदेशमा रहेका हाम्रा राजदूतावास, कन्सुलेट अफिस र विदेशी मिसनहरुमा भूकम्प गएको छैन । त्यहाँ डलर तलब खाएर राजदूत देखि खरिदार सम्म को जागिरेहरु छन् । यस अवस्थामा पर्यटन प्रर्वद्धन गर्न र भूकम्प पछिको नेपालको वास्तविक अवस्था जानकारी गराएर वातावरण बनाउ भन्ने आदेश तिनलाई कुनै सरकारी निकायबाट गएको थाहा छैन । यी यस्ता धेरै प्रश्न छन् । जसको कुनै पनि चित्तबुझ्दो उत्तर हाम्रो संसदका समिति सरकार र पर्यटन बोर्डसँग छैन । यहाँ गर्नुपर्ने काम नगर्ने नगर्नुपर्ने काममा बढि चासो देखाउने प्रवृत्ति वास्तवमा एउटा घर धनिले पालेको कुकुर घोडाको कथा जस्तो भुक्नु पर्ने कुकुरको ठाउँमा घोडाले हिनहिनाउने र घोडाले हिनहिनाउने ठाउँमा कुकुरले भुक्ने जस्तो विसंगति लाई के भन्ने र खै ?
Comments are closed.