फुस्रे खोलामा शब

पोखरा, १५ कार्तिक

बिगत दुइ दिन देखी हराएकी एक बृद्धाको शनिबार फुस्रे खोलामा शब भेटिएको छ ।
पोखरा १५ बस्ने बर्ष ७८ की रत्नमाया लामाको लाश शनिबार भेटिएको कास्की प्रहरीले जनाएको छ । उनी दुइ दिन अघि देखी हराएको परिवारका सदस्यहरुले प्रहरीमा जानकारी गराएका थिए ।
फुस्रे खोलाको डिलमा उनले लगाएको चप्पल भेटिएपछि, खोज्दै जाँदा शब फेला परेको प्रहरीको भनाइ छ । प्रहरीले मृतकको शबलाइ आफन्तको जिम्मा लगाएको छ ।
‘ति बृद्धा आफै खसेको जस्तो देखिन्छ । त्यही पनि अरु अनुसन्धान भइरहेको छ ।’कास्की प्रहरीका अधिकारीको भनाइ छ ।
फुस्रे खोलामा पौडी खेल्दा तथा हाम फालेर बर्षैपच्छिे, धेरै मानिसहरुको मृत्यु हुने गरेको छ ।

Comments are closed.