हामीलार्इ हाम्रै फूल काफी, फूलबाटै ‘फूल जस्तो जिन्दगी’

तिहारका लागि पोखरामा स्थानीय फूल नै पर्याप्त


अमृत सुवेदी/पोखरा १८ कार्तिक
भारतीय नाकावन्दीले इन्धनको अभावदेखि खाद्यान्यको महङ्गीसम्मले उपभोक्तालाई पार्नु पीर पारेको छ । अभावैअभावमा विभिन्न चाडपर्वहरु मनाउनुपर्ने बाध्यताले धेरैलाई खिन्न बनाएको छ । दसैं सकिएर अव तिहार नजिकिँदै छ । अव तिहार कसरी मान्ने पीरलोे अर्कोतिर छ ।


‘पोखराको मौषमले साथ दियो भने फूलका लागि गएका बर्षहरुमा जस्तो भारतकै भर पर्नुपर्दैन । भारतबाट केही प्रतिशत मात्रै फूल आयात भएपनि अव विस्तारै स्तानीय उत्पादनबाटै आत्मनिर्भर बन्न सक्छौं ।’


????????????????????????????????????

भारतीय नाकावन्दी हट्ला र देशमा विस्तारै सहजता बढ्दै जाला भन्ने आशा सर्वसाधारणको छ । धेरै वस्तु तथा सामाग्रीका लागि भारतकै भर पर्नुपर्ने अवस्थाले पारेको समस्याकैबीच यसपटकको तिहारमा भने भारतबाट फूल नआएपनि पोखरेलीलाई चिन्ता नपर्ने भएको छ । कास्की तथा आसपासमा उत्पादित फूलले नै झण्डै पोखराको मागलाई धान्न सक्ने पुष्प व्यवसायीहरुले बताएका छन् ।

गएको बर्षहरुमा भन्दा यो बर्ष पोखरामा बढी फूल उत्पादन हुने व्यवसायीहरुको भनाई छ । ‘गएको बर्षमा भन्दा यो बर्ष बढी फूल खेति भएको छ । उत्पादन पनि बढी नै हुन्छ’ फ्लोरिकल्चर एशोसिएसन नेपाल पोखराका संस्थापन अध्यक्ष तथा वसन्त नर्सरीका संचालक बसन्त बानियाले भने, ‘बढी बर्षा भैदिएन भने र उचिव वातावरण रहे लगभग पोखराको मागलाई धान्न सक्छ ।’

गएको बर्षमा ५० देखि ६० प्रतिशत पोखराको माग धान्न सक्ने फूल उत्पादन भएकोमा यो बर्ष ७० देखि ८० प्रतिशत माग यहीँको उत्पादनले धान्ने उनको भनाई छ । उनका अनुसार कास्की आसपासका जिल्लाहरुबाट पनि पोखरामा फूल आउने भएकाले तिहारमा पोखरेली उपभोक्तको माग धान्न सक्छ ।

व्यावसायिक रुपमा फूल खेति गर्ने किसानसँगै तिहारका लागि नै लक्ष्य राखेर फूल खेति गर्ने किसान पनि यो बर्ष बढी रहेका कारण पोखरामा धेरै फुलको अभाव नहुने फ्लोरिकल्चर एशोसिएसन पोखराका अध्यक्ष दया द्वाले बताए । ‘हामी विस्तारै फूलमा आत्मनिर्भर बन्दै गएका छौं’, अध्यक्ष द्वाले भने, ‘गएका बर्षहरुमा आधा माग मात्रै धान्ने स्थानीय उत्पादनले अहिले झण्डै पुरै माग धान्न सक्ने गरि विकास हुँदै गएको छ ।’
यो बर्ष पोखरामा मात्रै झण्डै डेढ करोड रुपैयाँको फूल विक्री हुन सक्ने व्यवसायीहरुको भनाई छ । पोखरामा व्यावसायिक रुपमा फूल खेति गर्ने ३० जनाको हाराहारीमा रहेपनि तिहारकै लागि फूल लगाउने १ सय भन्दा माथि रहेको एशोसिएसनले जनाएको छ ।

तिहारमा निर्धक्कसँग मखमली, सयपत्री लगायतका फूलको माला लगाउन पाइने भएपनि मूल्य भने बढ्ने भएको छ । पोखरामा सयपत्री फूलको राम्रो व्यापार र उत्पादन हुने व्यवसायीहरुको भनाई छ । गएको बर्ष भन्दा यो बर्ष झण्डै ३० प्रतिशतसम्म फूलको मूल्य बढ्ने व्यवसायीहरुले बताएका छन् । ‘हामीले सल्लाह गरिरहेका छौं । भरसक मूल्य बढाउँदैनौं’ अध्यक्ष द्वाले भने, ‘ढुवानीको मस्या र लागत नै बढी भएकाले बढाउनु परे त्यही अनुकुलमा बढाउँछौं ।’

फूलबाटै ‘फूल जस्तो जिन्दगी’


 

‘पहिले धेरैले काम पाएन फूल बुच्छु भन्छ भन्दै खिस्याउँथे’ कार्की नर्सरीका कृष्णबहादुर कार्की भन्छन्, ‘आखिर आम्दानी यसैमा रहेछ ।’


10670237_872747562749513_2546570283514120292_nजापान । धेरैको सपनाको शहर । अहिले पनि धेरै नेपाली अध्ययन तथा रोजगारीका लागि जापान जान लालायित छन् । जापानबाट फर्केर पोखरा विमानस्थल वरपर एउटा भिजिटिङ कार्ड र एउटा फूलको थुङ्गा बाँड्दा बसन्त बानियाँलाई धेरैले पागल भन्थे । उनले फूलको व्यापार र आफुले गरेको नर्सरीको प्रचारका लागि यसो गर्थे ।

आजभन्दा झण्डै २० बर्ष पहिले जापान बसेर फर्केका पोखरा बाटुलेचौरका बानियाले भर्खरै फूल खेति सुरु गरेका थिए । जापानमा फूल खेति र फूल खेतिको विकासलाई नजिकैबाट निकालेका बानियाँले पोखरामा फूल खेति गर्दा धेरैलाई जाति लागेन ।

‘जतिबेला फूल र गाईको दुध बेच्नु हुँदैन भन्ने मान्यता समाजमा थियो’ बानियाँले भने ‘जापान जस्तो देशको रोजगारी छोडेर फूल बेच्छु भन्छ यो मान्छे बौलाएछ भन्थे ।’ अहिले फूलबाटै बानियाको परिवार आत्मनिर्भर छ । बानियाँ पोखराको फूलखेतिका अगुवा किसान हुन् । बाटुलेचौरमा नर्सरीसँगै बिक्री केन्द्रसमेत सञ्चालन गरेका बानियाँ अहिले फूलबाटै वाषिर्क ४० लाख रुपैयाँ बढी कमाउँछन् ।

उनले गरेर देखाएपछि फूलबाट पनि राम्रो आम्दानी हुँदो रहेछ भन्ने ठानेर यहाँका धेरै जना पुष्प व्यवसायतर्फ आकषिर्त भएका छन् । पोखरामा पाँचसात बर्ष पहिले मात्रै व्यावसायिक रूपमा पुष्प व्यवसाय फस्टाउन थालेको व्यवसायीहरू बताउँछन् ।

कार्की नर्सरीका कृष्णबहादुर कार्कीले १४ वर्षअघि जम्मा ४ सय रुपैयाँको लगानीमा फूल खेति सुरु गरेका थिए । ‘पहिले धेरैले काम पाएन फूल बुच्छु भन्छ भन्दै खिस्याउँथे’ उनी भन्छन्, ‘आखिर आम्दानी यसैमा रहेछ ।’


व्यवसायीहरूले २ देखि ३५ लाखसम्म फूल नर्सरीमा लगानी गरेका छन् । यहाँका फूलका मुख्य ग्राहक सौखिन लाहुरे, ठूला होटल, तथा सरकारी तथा गैरसरकारी कार्यालयहरु नै हुन् ।


‘हाललाई स्वदेशकै बजार पर्याप्त छ । विदेशमा निर्यात गर्ने सम्भावना पनि छ’ फ्लोरिकल्चर एशोसिएसन नेपाल पोखराका अध्यक्ष दया द्वा भन्छन्, ,‘तर, अहिलेलाई हामीले यहीँमा माग पुर्‍याउन सक्नुपर्छ ।’ पुष्प व्यवसायलाई निर्यातमुखी बनाउन गुणस्तर, मात्रा र निरन्तरता प्रमुख कुरा भएको उनको बुझाई छ । सुरुमा धेरै समस्याहरु रहेपनि अहिले धेरै नै व्यावसायिकता बढेको र त्यसबाटै मनज्ञ आम्दानी भएको उनले बताए ।

अहिले पोखरामै फूलका विउ पनि उत्पादन हुन थालेका छन् । बाहिरबाट फुलको विऊ ल्याउनुपर्ने बाध्यतालाई टार्न र फूल खेतिमा अझै आत्मनिर्भर हुन यही विउ उत्पादन थालिएको पुष्प व्यवसायी प्रेम खड्का बताउँछन् । फूलको माग बढ्दै गएपछि व्यवसायीले लगानी थप्दै नर्सरीको संख्यासमेत बढाउँदै लगेका छन् ।

व्यवसायीहरूले २ देखि ३५ लाखसम्म फूल नर्सरीमा लगानी गरेका छन् । यहाँका फूलका मुख्य ग्राहक सौखिन लाहुरे, ठूला होटल, तथा सरकारी तथा गैरसरकारी कार्यालयहरु हुन् । चाडपर्व, विवाह जस्ता अवसरमा मात्र खोजिने फूलको कारोबार हिजोआज पोखरामा बाह्रै महिना हुने व्यवसायीहरु बताउँछन् ।

सरकारले पुष्प व्यवसायीलाई पनि अनुदान दिने र प्रोत्साहनका कार्यक्रम पनि ल्याउने हो फूलमा आत्मनिर्भर बन्न सकिने पुष्प व्यवसाय गरिरहेकाहरु बताउँछन् । ‘पहिले फुलको पनि व्यापार होला ? भन्ने थियो’ एशोसिएसनका अध्यक्ष द्षले भने, ‘फूल खेतिबाटै सफल तथा मनज्ञ आम्दानी गर्न सकिने उदाहरण अव यहीँ छ । फुलबाटै फूल जस्तै जिन्दगी बनाउन सकिँदोरहेछ ।’

Comments are closed.