फेदीखोला गाउँपालिकाले १६ औँ राष्ट्रिय महिला स्वास्थ्य स्वंयसेविका दिवस कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा वर्षभरिको कार्यसम्पादन तथा सम्बन्धित स्वास्थ्य चौकीको मुल्याङ्कन गर्दै ४ जनालाई सम्मान गरिएको छ । सम्मानित हुनेमा फेदीखोला स्वास्थ्य चौकी कि स्वंयसेवक प्रेमकुमारी सुवेदी, आरुखर्ककी डवलकुमारी गुरुङ, भाटखोलाकि मिठू थापा र बाँगेफड्केकि टिका श्री गुरुङ रहेका छन् । स्वयंसेविकालाई सम्मानित गर्दै प्रमुख अतिथी तथा गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले स्वास्थ्य सेवामा स्वयंसेविकाको महत्वपूर्ण योगदान रहेको भन्दै गाउँपालिकाले आगामी दिनमा थप प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने बताए । साथै स्वास्थ्य स्वमंसेविकालाई प्रोत्साहनार्थ निशुल्क स्वास्थ्य विमा गर्ने जानकारी दिए । स्वास्थ्य क्षेत्रलाई गाउँपालिकाले हरेक बजेटमा मुख्य प्राथमिकतामा राखेको बताउँदै सर्वसुलभ स्वास्थ्य सेवा गाउँपालिकाको उद्देश्य रहेको बताए ।
कार्यक्रममा बोल्दै गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नन्दलाल शर्माले गाउपालिकाले हरेक बर्ष ‘महिला स्वास्थ्य स्वयंसेविका प्रोत्साहन कार्यक्रम’ मार्फत ८ हजार २ सय ५० रुपैया प्रदान गरिदै आएको जानकारी दिए । सामाजिक विकास समितिका संयोजक ज्ञानुमाया पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नं. १ का अध्यक्ष खिमबहादुर थापा, वडा नं. २ का अध्यक्ष हिमालयजंग बानिया र वडा नं. ४ का अध्यक्ष माधवप्रसाद शर्मा सुवेदी, स्वास्थ्य शाखा संयोजक खिलप्रसाद पौडेल लगायतको सहभागिता रहेको थियो ।
Comments are closed.