फेवातालकाे अस्तित्व जाेगाउन पाैने २ अर्ब खाँचो

पोखरा, २६ साउन/ पोखराको मुख्य पर्यटकीय स्थल फेवाताल बचाउन तालको सीमाङ्कनसहित चेकड्याम निमार्ण, तालको बाध मर्मत गर्न पोखरेलीहरुले जोडदार माग गरेका छन् । पोखरा उप–महानगरपालिका कार्यालयले फेवाताल कसरी बचाउन सकिन्छ भन्ने सोमबार पोखरामा आयोजना गरेको बृहत छलफल कार्यक्रममा बोल्दै पोखरेलीहरुले उक्त माग गरेका हुन् ।

15080539asdioufyasdf
फेवाताल संरक्षण कार्यालयका प्रमुख महेन्द्र गोदारले आर्थिक अभाव भएको कारणले गर्दा फेवाताल बचाउन आफुहरुलाई कठिन भएको बताएका छन् । ताल संरक्षण गरी ताल बचाउनको लागि १ अर्व ७५ करोड रुपैयाँ आवश्यक भएको समेत उनले बताए । उनका अनुसार वाईपास ढल निमार्णको लागि १ अर्व ५२ करोड, चेकड्याम र तालबाट माटो निकाल्नको लागि २२ करोड, सिमाङकन गर्न १५ लाख, गुरुयोजना बनाउन १० लाख, जलकुम्भी झार हटाउन ३ करोड, रिटेलीङ वाल निमार्ण गर्न ७० लाख लगायतको कामको लागि उक्त रकम आवश्यक भएको छ । यसको लागि पोखरा उपमहानगरपालीकाले यस आर्थिक बर्षमा ५० लाख विनियोजन गरेको छ ।

उक्त रकम संकलनको लागि अर्थ सहितका अन्य मन्त्रालयमा समेत बजेटको माग गर्दै आएको उनले बताए । यो बजेट प्रारम्भीक चरणको बजेट आवश्यक भएको उनले बताए । फिर्के स्थित वुलौदीखोला सहित ५ वटा स्थानमा चेकड्याम निमार्ण गर्दा करिब २६ लाख रुपैयाँ बराबरको काम भएको उनले बताए । फेवाताल एक सातादेखि हिलाम्मे तथा धमिलो भएकोले हाल कति गहिराई पुरियो भन्ने कुनै जानकारी लिन नसकेको उनले बताए । फेवाताल बचाउने अभियान अन्र्तगत सोमबारको छलफलले पोखरा उपमहानगरपालीका कार्यालयको संयोजकत्वमा जलकुम्भी झार हटाउने समिति गठन भएको छ ।

Comments are closed.