एकराज गिरी
पोखरा ४ भदौ । गौरी नेपालीको आफनै खेत छैन् । तर उनलाई यतिबेला फुर्सद पनि छैन् । गौरीले विगत चार वर्षदेखि अकैको खेतमा धान रोप्दै आएकी छन् । फेवा फाँटमा धान हल्क्कै बढेको छ । दुई महिना अघि धान रोप्ने हतारो थियो अहिले गोडने माचामाच छ । गौरी आफनो धान गोडने पर्मा लगाउन आफनै दाईको खेतमा धान गोडन् व्यस्थ थिइन् । रोप्दारोप्दै उनले भनिन, ‘मेरो आफनै खेत छैन् तर अरुको कमाउदै आएकी छु ।’ १६ हल अधियाँ रोप्दै आएकी छु गौरीले भनिन, ‘५० मुरी धान फल्छ । आधा साहुलाई आधा हामी लिन्छौ ।’
अधियाँ रोपेर पनि फाइदै भएको उनले सुनाइन् ।घरमा खाने दश मुरी जती राख्छौ अरु बेच्छौ उनले भनिन, ‘खानलाई दुःख छैन् । धान बेचेर केही आम्दानी हुन्छ ।’ उनले गत वर्ष मुरीको चार हजार रुपैयाँका दरले धान बेचिन । उनलाई धान रोप्न पहिलो जस्तो दुःख छैन् । पहिला हलगोरुले जोत्दा दुःख थियो तर अहिले ट्रयाक्टरले जोत्ने रोप्ने सबै काम हुन्छ उनले भनिन्, ‘अहिले सहज भएको छ । १६ हल एकै दिन सकिन्छ नत्र पहिला चार पाँच दिन लाग्थ्यो ।’ यस्तै चन्द्रबहादुर नेपालीले पनि अरुकै खेतमा धान रोप्दै आएका छन् । उनलको पनि आफनै खेत छैन् । दुई वर्षदेखि चन्द्रबहादुरले १४ रोपनीमा अधिया कमाउदै आएका छन् । फेवाफाँट सहित पामे लगायतका खेतमा धान रोप्दै आएका उनले शुक्रबार खेताला लगाए धान गोडदै थिए । दश जना खेताला लिएर धान गोडन ब्यस्त थिए ।
उनलाई अहिले मलको समस्या छ । अव गोडमेल गरेर मल हाल्नुपर्ने हो उनले भने, ‘तर अहिलेसम्म यहाँ मल आएको छैन् ।’ उनले पनि १४ रोपनीमा जेठोबुढो धान रोप्दै आएका छन् । यो फाँटले मागेको धान यही हो उनले भने, ‘धेरै फल्ने धान पनि यही भएकाले यही रोप्छौ र यो अरु भन्दा महंगो पनि छ ।यसको माग अल्ली बढि छ त्यसैले खान मिठो र आम्दानी पनि हुन्छ।’
फेवाफाँटका किसानले जेठोबुढो धान रोप्दै आएका छन् । अन्य क्षेत्रमा धान रोपाई असार महिनाभर भएपनि यहाँका किसानले जेठमै रोपका कारण यतिबेला गोडमेल गर्ने बेला भएको हो । सरकारले झण्डै चार महिना लकडाउन गरेपनि किसानलाई त्यसले खासै प्रभाव परेन् ।फेवा फाँट पोखरेली जेठोबुढो धान उत्पादनका लागि प्रख्यात छ । यहाँ उत्पादन भएको धान बाहिरी जिल्लामा पनि पुग्ने गर्दछ । तालको मुहान हर्पन,अधेरी लगायत खोलाबाट आउने बाढीले खेत पुर्ने गरेको थियो । तर यस वर्ष भने पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारको संयुक्त लगानीमा फेवातालमा मिसीने मुख्य खोला र सहायक खोलामा गरी पाँच वटा सिल्टेसन पोखरी निर्माण भएकोले केही राहात मिलेको किसानहरुकोे भनाई छ । सिल्टेसन पोखरी बनाउन प्रदेश सरकार र महानगरले २८ करोड खर्च गरेका छन् ।
Comments are closed.