फेवा फाइनान्स लिमिटेडले आ.व. २०७१÷०७२ को दोश्रो त्रैमासिकमा रु. ७ करोड ३८ लाख रुपैयाँ संचालन मुनाफा आर्जन गर्न सफल भएको छ ।
जुन गतबर्ष सोही अवधिको तुलानामा ९२ प्रतिशतले बढी हो । त्यस्तै निक्षेप तर्फ रु. ४ अर्व ३४ करोड र कर्जा रु. ३ अर्ब ६७ करोड कायम भएको छ जुन गत वर्षको तुलानामा क्रमश २१ प्रतिशत र २३ प्रतिशतले वृद्धि भएको छ ।
फेवा फाइनान्स लि. र पोखरामा केन्द्रीय कार्यालय रहेको विश्व विकास बैक मर्ज भई राष्ट्रिय स्तरको विकास बैक बन्ने सहमती पत्रमा हस्ताक्षर भईसकेको छ । मर्जर पश्चात बैकको ३० वटा शाखा कार्यालयहरु रहने प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले जानकारी दिए ।
Comments are closed.