फेवा विकास बैंकको तालिम कार्यक्रम सम्पन्न



फेवा विकास वैक लिमिटेडले हालै चितवनको सौराहामा कर्मचारी दक्षता अधिबृद्घि तालिम एवं कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । २०७३ साल फागुन ५ देखि ७ गते सम्म सञ्चालन भएको उक्त तालिम कार्यक्रमबाट बैंकका सम्पूर्ण शाखा प्रवन्धक तथा विभागीय प्रमुखहरु लाभान्वित भएका छन् ।
तालिममा शाखा प्रमुख तथा विभागीय प्रमुखहरुलाई बैंकमा निहीत विभिन्न प्रकारका जोखिम तथा अनुपालन सम्वन्धमा जानकारी गराइनुका साथै संभावित जोखिमका प्रभाव एवं जोखिम न्यूनिकरण सम्वन्धी उपायहरु बारे सहभागीहरुलाई अवगत गराइएको थियो ।
तालिम कार्यक्रमको समुद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत श्री रेशम बहादुर थापाले तालिममा सहभागि सम्पूर्णलाई सम्वोधन गर्दै विभागिय प्रमुख तथा शाखा प्रमुखहरुमा विशेष जिम्वेवारी हुने हुँदा उनीहरु सदैब सजग र चनाखो भै रहनु पर्ने आवश्यकतामा जोड दिनु भयो । साथै बैंक सञ्चालन सम्वन्धी विभिन्न जोखिमहरुलाई न्यूनीकरण गर्न र बैंकको लक्षित उद्देश्य हासिल गर्न तर्फ अग्रसर हुन आह्वान गर्नु भयो ।
उक्त तालिम एवं कार्यशाला गोष्ठीलाई बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तथा सहायक प्रमुख कार्यकारी अधिकृत लगायत सम्वन्धीत विभागीय प्रमुखहरुले सहजीकरण गरेका थिए । उक्त गोष्ठीमा बैंक संग सम्वन्धीत विभिन्न प्रकारका कानुनी प्रावधान तथा अपनाउनु पर्ने कानुनी प्रक्रियाका बारे बैंकका कानुनी सल्लाहकार श्री सुकदेव गौतमले प्रकाश पार्नु भएको थियो ।
यस प्रकृतिका तालिम कार्यक्रमलाई भविश्यमा पनि निरन्तरता दिइने र कर्मचारीहरुलाई काममा उत्प्रेरणा जगाउने लक्ष्य लिइएको बैंकद्वारा जारी विज्ञप्तीमा जनाईएकोछ ।

Comments are closed.