विश्वको सबैभन्दा ठूलो समाजिक सञ्जाल फेसबुकले इन्टरनेट एयरक्राफ्टको परीक्षण गरेको छ। विश्वका दुर्गम ठाउँका निम्ति बेलायतमा गरिएको परीक्षण सफलसमेत भएको बेलायती पत्रिका दी गार्जियनले लेखेको छ। संसारका सबै मानिससामु इन्टरनेट पुर्याउने उद्देश्यले यसको परीक्षण गरिएको हो। यसको माध्यमबाट इन्टरनेट नपुगेका ठाउँहरूमा आकाशबाटै इन्टरनेट प्रदान गरिनेछ।
फेसबुकका संस्थापक मार्क जुकरबर्गले यसको पुष्टि गरेका छन्। उनले इन्टरनेट डट ओआरजीको माध्यमबाट आकाशबाट सीधै इन्टरनेट चलाउन सकिने एयरक्राफ्टको डिजाइन गरको बताए। उक्त एयरक्राफ्टको नाम भने उनले तोकेका छैनन्। इन्टरनेट डट ओआरजीमा फेसबुकका अलावा इरिक्सन, मिडियाटेक, नोकिया, ओपेरा र सामसुङ संस्थापक सदस्य छन्।’म यो कुरा बताउन पाउँदा एकदमै हर्षित भएको छु। हामीले बेलायतमा एयरक्राफ्टको पहिलो तथा सफल परीक्षण गरेका छौँ। यसमा बोइङ विमान ७३७ भन्दा ठूलो पखेटा हुन्छ। तर, यसको तौल एउटा कारको भन्दा पनि कम हुन्छ। यसको पखेटामा सोलार प्यानल जडान गरिएको हुन्छ। एकपटक उडान भर्दा यो ६० हजार फिटको उचाइमा एक महिनासम्म रहन सक्छ,’ जुकरबर्गलले भनेका छन्।उनका अनुसार यसले संसारभरि नै इन्टरनेटको पहुँच बढाउन मद्दत गर्नेछ। यसले संसारका १० प्रतिशत मानिसकहाँ पनि इन्टरनेट पुर्यासउन मद्दत गर्छ। किनकि, उनीहरू अझै इन्टरनेटको पहुँचभन्दा बाहिर छन्।
इन्टरनेसनल टेलिकम्युनिकेसन युनियन (आईटीयू) का अनुसार सन् २०१५ को अन्त्यमा संसारका तीन अर्ब मानिसले इन्टरनेट चलाउनेछन्। यसको करिब आधा अर्थात् एक अर्ब ३० करोडले फेसबुक चलाउँछन्।
Comments are closed.