पोखरा, २५ पुस/ बेलायती लाहुरेको क्रेज । युवती र विवाहित समेत सजिलै सम्पत्ती मात्र हैन, ज्यान पनि सुम्पन्छन् । अझ उ सँग बिहे गर्न पाए त सम्पत्ती पनि । बुधबार पोखरामा एक नक्कली लाहुरे पक्राउ परेपछि, ब्रिटिस आर्मीप्रति नेपाली महिलाको क्रेज छर्लङ्ग भयो ।
लाहुरे भनेपछि, केटीहरु पनि हुरुक्कै । प्रेम पनि गफ हान्न धेरै सिपालु । नक्कली ब्रिटिस लाहुरे उर्फ साजन खासमा चाँही अरबका लाहुरे हुन् । अरबमै फेसबुक चलाउन सिकेका साजनको त्यो सिप अहिले ठग्ने धन्दामा परिणत भएकै अवस्थामा प्रहरीको फन्दामा परे ।
पात्र हुन्, प्रेमबहादुर सुनार । बर्ष ३० मात्रै भयो । स्याङ्जाको कोल्मा गाविस घर भएका उनी, फेसबुकमा पोखरेली साजन घले भनेर चिनाउँछन् फेसबुकमै ब्रिटिस आर्मीको पोशाक लगाएको तस्बिर हाल्ने उनी युवती र विवाहितलाई आफु बेलायती सेनामै कार्यरत भएको बताउँछन् । लाहुरे भनेपछि, केटीहरु पनि हुरुक्कै । प्रेम पनि गफ हान्न धेरै सिपालु रहेछन् । नक्कली ब्रिटिस लाहुरे उर्फ साजन खासमा चाँही अरबका लाहुरे हुन् । अरबमै फेसबुक चलाउन सिकेका साजनको त्यो सिप अहिले ठग्ने धन्दामा परिणत भएकै अवस्थामा प्रहरीको फन्दामा परे । ‘म छुट्टीमा नेपाल आउँदा बिहे गर्छु भनेर फेसबुकमा भेटिने केटीहरुलाई गफ दिने रहेछन्’,कास्कीका एक प्रहरी अधिकारीले पोखरा हटलाइनसँग भने–‘छुट्टीमा त के आउनु, यहीं आएर जुन जिल्लाका केटीहरु आफुसँग पट्टीएका छन्, उनिहरुलाई भेट्न जाने रहेछन् ।’ प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार उनले कास्की, पर्वत, चितवन र बुटवलका युवतीहरुको शोषण गरेका छन् ।
लक्का जवान साजनले पैसा लुट्ने र यौन शोषण गर्ने मुख्य टार्गेट राख्ने गरेका छन् । महिला र युवतीहरुलाई भेटेर बेलायत लैजानका लागि कागजपत्र मिलाउँछु भनेर नागरिकता सहितका कागजपत्र माग्ने र आफुसँग अहिले पैसा नल्याएको भन्दै पैसा समेत मागेर उनी भाग्ने गरेका थिए । ‘स्वयंम्बरमा तिमीले लगाएको गहना लगाएर मेरो घरमा जान हुन्न । मेरो घरबाट ल्याएको गहना लगाउनुपर्छ भनेर युवती र महिलालाई होटलमा बोलाएर, फुकालेको सुन लिएर टाप कसेको पनि भेटियो’ कास्की प्रहरी स्रोतले पोखरा हटलाइनलाई वतायो ।
बुधबार कास्कीकै एक पीडित युवतीको उजुरीका आधारमा उनलाई पृथ्बीचोकबाट कास्की प्रहरीको टोलीले पक्राउ गरेको हो । उनले फेसबुकमा लभ पारेका युवतीहरुलाई लाहुरे भन्दै झुक्काएका प्रायः सँग यौन सम्पर्क समेत राखेकाले उनलाई प्रहरीले मानव बेचबिखन तथा ओसारपसार मुद्धामा बिहीबार म्याद थप गरेको छ ।
Comments are closed.