फेसबुकमा अश्लिल सामाग्रीले हैरान हुनुहुन्छ ?, मुक्त हुन यसाे गर्नुस्

त्काल आफ्नो फेसबुकमा ट्याग तथा म्यासेजमा पोष्ट भएका त्यस्ता कन्टेन्ट हरुलाई डिलिट गर्ने । आफुले फेसबुक चलाउने गरेको कम्प्युटरमा रहेको ब्राउजरको सेसन, कुकिज फाइल एप्लिकेश डाटालाई आवश्यकता अनुसार सो कम्प्युटरबाट डिलिट गर्ने ।अनि अाफ्नाे फेसबुककाे सेटिङमा गएर टाइमलाइन एण्ड ट्यागीङ भन्ने अप्सनमा जानुहाेस् र Who can add things to my timeline? र How can I manage tags people add and tagging suggestions? लेखेकाे ठाउँमा  When you’re tagged in a post, who do you want to add to the audience if they aren’t already in it? लेखेका छ ति दुबैमा Only Me गराउनुहाेस् । यसका कारण पनि तपार्इकाे टाइम लाइनमा कसैले पाेष्ट गर्न सक्दैनन् भने तपाइले एसेप्ट नगरी ट्याग भएका सामाग्री अरुले देख्दैनन् । 

फेसबुकमा भएको अश्लिल सामाग्री हटाउन के गर्ने?

 आफुले फेसबुक चलाउने गरेको कम्प्युटरमा रहेको टेम्प्रोरी फाइल हरुलाई आवश्यकता अनुसार सो कम्प्युटरबाट रिमुभ वा डिलिट गर्ने ।आफ्नो फेसबुक चलाउन प्रयोग गरेको पासवर्ड तत्काल परीवर्तन गर्ने । साथै पासवर्डलाई सेक्योर गर्ने अन्य अपसन हरुलाई इन्डेवल गर्ने ।

फेसबुकको सेक्युरिटी पोलेसीलाई इडिट गरी सम्बन्धित प्रयोगकर्ताको अनुमती बिना निजको फेसबुकमा कुनै कुरा ट्याग गर्न नदिने व्यवस्था मिलाउने । जसबाट अन्य ब्यक्तिले आफ्नो फेसबुकमा कुनै कुरा ट्याग गर्नसक्दैन र यस्ता स्पामहरुबाट बच्न सकिन्छ ।

आफुले चलाउदै आएको फेसबुक पेजसंग सम्बन्धित लाउनलोड गरीएका अन्य एप्लिकेशनहरु डिएक्टिभेट गर्ने र आवश्यकता अनुसार रिइन्स्टल गर्ने ।आफ्नो कम्प्युटरमा इन्टरनेट चलाउन प्रयोग गरीएको इन्टरनेट ब्राउजर एप्लिकेशन हरुलाई रिइन्सट गर्ने ।

Untitled

 

Comments are closed.