फेसबुक चलाउनेले ख्याल गर्नुहाेस अब यस्ता नियम

एजेन्सी । फेसबुकले अव सामाजिक सञ्जालमा के हाल्न पाइने र के हाल्न नपाइने भन्ने विषयमा नयाँ नियम सार्वजनिक गर्न गरेको छ ।
नयाँ नियम अनुसार फेसबुकले आफ्ना प्रयोगकर्ताहरुलाई के के कुरा पोष्ट गर्न पाइने र कस्ता तस्विरलाई अश्लिल मानिने भन्ने सबै जानकारी दिएको छ ।
फेसबुकले नयाँ मार्गनिर्देशनले प्रयोगकर्ताहरुलाई सहज पार्ने विश्वास लिएको छ । फेसबुकमा हाल १ दशमलव ४ अर्व प्रयोगकर्ता रहेको र अधिकाँशले कम्तिमा १ महिनामा १ पटक फेसबुक चलाउने तथ्याङ्कले देखाएको छ ।
यस अघि फेसबुकको मार्गनिर्देशनलाई विस्थापति गर्नका लागि ल्याइएको यो मार्गनिर्देश सबै प्रयोगकर्ताहरुलाई मेलमा पठाउने फेसबुकले जनाएको छ ।
यसले प्रयोगकर्ताहरुलाई अव फेसबुकमा अनावश्यक र अश्लिल लागेका पोष्ट वा तस्विरबारे उजुरी गर्न सक्ने सुविधा समेत हुन्छ । फेसबुकले हटाउनु पर्नेलाई तत्काल हटाइदिने र हटाउन पर्ने नलागेकोलाई हाम्रो नियम अनुसार हटाउन आवश्यक ठानेनौं भन्ने सन्देश प्रयोगकर्तालाई पठाइदिने छ ।
फेसबुकले कुनै कुनै संगठनलाई प्रतिबन्ध लगाउने छ भने आतंकवादी क्रियाकलापलाई सहयोग पुग्ने पोष्टको पनि परिभाषा स्पष्ट पार्ने जनाएको छ ।

Comments are closed.