पोखरा हटलाईन
साउन्,२८
कास्की
नेपाल आदिवासी जनजाति महासंघ फोनिजको २१ औं स्थापना दिवसका अवसरमा पोखरामा २ जना आदिवासी पत्रकार सम्मानित भएका छन् । फोनिजको स्थापना दिवशको अवसरमा फोनिज गण्डकी प्रदेशको आयोजनामा कास्की र बाग्लुङका दुई जना पत्रकारलाई सम्मान गरिएको हो । पोखराका व्यवसायी तथा समाजसेवी विमलमान गुभाजूद्वारा आफ्ना स्व. माता पिता वेदमान तथा नेत्रकुमारी गुमानूको नामबाट स्थापना तथा फोनिज गण्डकी प्रदेशको संयोजनामा ‘कञ्चन पत्रकारिता पुरस्कार २०७७’ बाट कास्कीका पत्रकार रुद्रबहादुर थापामगर तथा बाग्लुङका पत्रकार राजेशचन्द्र राजभण्डारी सम्मानित भएका हुन् ।
लामो समयदेखि पत्रकारितामा सक्रिय सम्मानित दुवैलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नगद २५ हजार सहित सम्मानपत्र तथा दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।
सम्मान पश्चात कार्यक्रममा बोल्दै पत्रकार राजभण्डारीले सम्मान पछि आफूलाई पत्रकारितामा अझै अगाडी बढ्न उर्जा मिलेको बताए । राजभण्डरीले शरीर र सासले साथ दिँदासम्म पत्रकारिता नै बताएका छन् । त्यस्तै अर्का सम्मानित थापामगरले पत्रकारितामा नै जीवन बिताउने बताउँदै उनले इमान्दारिताका साथ अझै यही क्षेत्रमा काम गर्न उर्जा मिलेका धारणा व्यक्त गरे ।
यस्तै कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुख्यमन्त्री गुरुङले विश्वभरीनै कोरोना भाइरसले महामारीको रुप लिए जस्तै कम्युनिस्ट पार्टीमा पनि एक किसिमको भाइरस छिरेको बताएका छन् । ५ वर्षको म्यान्डेट दिएर नागरिकले यो सरकार चुनेकाले ५ वर्षसम्म सरकार परिवर्तन गर्ने विषयमा कसैले सोच्नै नहुने उनको भनाई थियो । कोरोना भाइरसको संक्रमण बढिरहेको अवस्थामा लकडाउन गर्ने मनस्थितिमा आफूहरु नरहेको स्पष्ट पारेका छन् । अन्य क्षेत्रमा सहयोग गरिरहेपनि सञ्चार क्षेत्रमा सहयोग गर्न नसकेको बताउदै संस्थागत हिसावमा कार्यक्रम लिएर आउन र आफुहरुलाई सहयोग गर्न आग्रह गरेका छन् ।
पुरस्कारदाता गुभाजूले कार्यक्रममा आदिवासी जनजाति पत्रकारका लागि आफ्नै स्व. आमाबाबाको नाममा ६ लाखको अक्षयकोष स्थापना गर्ने घोषणा समेत गरेका छन् । कायक्रममा संस्थालाई पु¥याएको योगदानका आधारमा आभारपत्र सहित पुरस्कार तथा अक्षयकोषदाता गुभाजू, अधिवक्ता जुनाकुमारी गुरुङलाई समेत सम्मान गरिएको छ ।
आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशका अध्यक्ष एमबी आस्था मगरको अध्यक्षतामा भएको कार्यक्रममा संस्थामा उपाध्यक्ष दिल श्रीष, पुरस्कार छनौट समितिका अध्यक्ष तथा अधिवक्ता सुरेन्द्र थापामगर, पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशका इन्चार्ज हुम गुरुङ लगायतले आ–आफ्नो भनाई व्यक्त गरेका थिए ।
Comments are closed.