पोखरा हटलाईन
असार ११,२०७७
नेपालका लागी फोर्स मोटर्सको आधिकारिक आयात कर्ता तथा बितरक आयाम इन्टरकन्टिनेन्टल प्रा. लि. ले कोरोना महामारीका बेला स्थिति सहज बनाउनका लागी आफ्ना ग्राहकहरुका लागी बृहत प्याकेज योजना ल्याएको छ । उक्त योजना अन्र्तगत फोर्स कम्पनीको बिभिन्न मोडेलको गाडी खरिद गरिसकेपछि
ग्राहकहरुले बैंक÷फाइनान्समा तिर्नु पर्ने १ बर्ष सम्मको किस्ता रकम कम्पनीले नै तिरिदिने साथै १ लाख रुपैयाँ सम्मको नगद छुट दिनेभएको छ । आयाम इन्टरकन्टिनेन्टल प्रा. लि. ले बिगत ६ बर्षदेखि फोर्स मोटर्सको बिभिन्न मोडेलका गाडीहरुको आयात तथाबिक्रिबितरण गर्दै आएको छ ।उक्त कम्पनीले सबैभन्दा धेरै सिट क्षमता भएको जिप (१४ सिट) र ३ बर्ष वा ३ लाख कि. मि. को इन्जिन वारेन्टी भएको मर्सिडिज बेन्जइन्जिन जडित जिप तथा पिकअप, डेलिभरी भ्यान, बस आदि गाडीहरुको आयात तथा बिक्रि बितरण गर्दै आएको छ ।
यो योजनायहि २०७७को असार मसान्त भित्रमा खरिद वा बुकिङ्ग गर्नु हुने ग्राहकहरुका लागि मात्र लागु हुनेछ ।
Comments are closed.