फोहोरमैला व्यवस्थापनमा पोउमनपाको लापरवाही

pkr_metro-600x0सामान्य अभिलेख समेत छैन नगरपालिकासँग

अमृत सुवेदी। पोखरा १२ फागुन
पोखरा–९ का राम बहादुर थापाको घरमा फोहोर उठाए बापत तिर्नुपर्ने शुल्कको रसिद महिना पुग्नु अघि नै आइपुग्यो । उनले पैसा भुक्तानी गरे । तर, एक हप्ता बित्दा पनि फोहोर उठाउन गाडी आइपुगेन । समयमा पैसा भुक्तानी गरेपनि समय मै फोहर उठाउन नआउँदा उनको परिवार हैरान छ । यस्तै गुनासो पोखरा ४ गणेश टोलका विष्णु सुवेदीको पनि छ । गणेश टोलमा व्यापार गर्दै आएका सुवेदीले महिना पुग्दा नपुग्दै महिनाको १ सय ५० रुपैयाँ तिर्नुपर्छ । तर, फोहोर उठाउन कुन समय र कहिले आउने हो भन्ने जानकारी नहुँदा पर्नु समस्या परेको छ । ‘पैसा समयमा तिर्ने तर फोहर उठाउन समयमा नआउने नगरपालिकाप्रति कतिसम्म हामी चुप रहने’ उनले प्रश्न गरे ।
यि पात्र त उदाहरण मात्रै हुन पोखरामा यस्तै गुनासो धेरैको छ । बार्षिक करोडौं खर्चेर पनि पोखरा उप–महानगरपालिकाको कार्यालयले फोहोरमैला व्यवस्थापन गर्न सकेको छैन । पोखराको मुख्य मार्ग न्यूरोड, नयाँ बजार, पृथ्वीचोक लगायतका स्थानहरुमा मात्र होइन उप–महानगरपालिका कार्यालयको आफ्नै भवन अगाडी समेत विहान अवेरसम्म थुप्रिने फोहोरले नगरपालिकाको लाचारी र लापरवाहीको पुष्टी गरेको छ ।


निजी क्षेत्रलाई जिम्वेवारी प्रदान गर्दा पनि कुनै एक्सन प्लान बिनै हचुवाको भरमा प्रदान गरिरहेको छ । शुल्क तिरेर पनि आम सेवाग्राहीहरुले उचित सेवा प्राप्त गर्न सकिरहेका छैनन् । फोहरोमैला र यससँग सम्वन्धित जनचेतनाका कार्यक्रमप्रति उप–महानगरपालिका उदासिन छ ।


फोहोरमैला व्यवस्थापनका लागि भनेर उप–महानगरपालिका कार्यालयले सुन्दर नेपाल प्रा.लि. र पोखराफोहोरमैला व्यवस्थापन प्रा.लि.लाई नगरवासीसँग चर्को कर असुल्ने जिम्मा सहितको नगदी रसिद थमाएको पनि बर्षौं भैसक्यो । सेवाका लागि नगरपालिका पुग्ने सेवाग्राहीलाई फोहोरमैलाको कर नतिरी कुनैपनि काम अगाडी नबढ्ने भन्दै निजी क्षेत्रसमक्ष पु¥याउन बाध्य बनाएको उप–महानगरपालिकाले ति कम्पनीहरुलाई साझेदारी भन्दै सेवाग्राही मार्फत उठेको करको ८० प्रतिशतसम्म पोस्ने गरेको छ ।

पोखराको वडा नं.३, ४, ६, ७, ८, ९ र १७ मा सार्वजनिक निजी साँझेदारी कार्यक्रम अन्तरगत यि कम्पनीलाई फोहोर उठाउने जिम्मा दिइएको हो । तर, उसले कसरी फोहोर उठाइरहेको छ । कुनकुन दिन कुनकुन वडामा जान्छ भन्ने कुराको जानकारी न नगरपालिकालाई छ न वडावासीलाई नै छ । यतिसम्मको लापरवाही छ की ति निजी कम्पनीहरुसँग हालसम्म कति सेवाग्राहीमार्फत फोहोरमैलाको कर दाखिला भयो ? कति सेवाग्राहीहरु करको दायरामा समेटिन बाँकी छन ? भन्ने सम्मको सामान्य अभिलेख समेत नगरपालिकामा छैन । यस सम्वन्धी जिज्ञासा राख्दा अहिलेसम्म कुनै तथ्याङ्क नगरपालिकासँग नरहेको फोहोरमैला व्यवस्थापन शाखाका चुडामणी तिवारीले जानकारी दिए । ‘हामीले अभिलेख दिनका लागि आग्रह गरेका छौं । अहिलेसम्म आइपुगेको छैन’ तिवारीले भने ।


नगरपालिका स्वयंका कर्मचारीहरु नगरपालिकाको तलव, भत्ता लगायतका सुविधा लिएर ति कम्पनीहरुको कर्मचारी बन्नु, नगरपालिकाले लाखौं खर्चेर ल्याएका फोहर बोक्ने गाडीहरु निजी क्षेत्रको व्यवसाय चलाउने साधन बन्नु लगायतको बेथितिले फोहोरमैला व्यवस्थापनको पाटो नगरपालिकाको मागी खाने भाँडो बनिरहेको तथ्य बोलिरहेका छन् ।


सामान्य घरको ८ रुपैयाँदेखि तारे होटलको ५ हजार रुपैयाँसम्म नगरपालिकाले फोहोरमैला शुल्क उठाउने गरेको छ । तर, सामान्यदेखि अधिकत शुल्क कति छन् भन्ने अभिलेख समेत नहुनेले नगरपालिका कमजोर देखिएको छ । निजी कम्पनी विशुद्ध नाफामुखी संस्था हो । उसको निगरानी र अभिलेख राख्ने भनेको नगरपालिकाले हो । नगरपालिका स्वयंका कर्मचारीहरु नगरपालिकाको तलव, भत्ता लगायतका सुविधा लिएर ति कम्पनीहरुको कर्मचारी बन्नु, नगरपालिकाले लाखौं खर्चेर ल्याएका फोहर बोक्ने गाडीहरु निजी क्षेत्रको व्यवसाय चलाउने साधन बन्नु लगायतको बेथितिले फोहोरमैला व्यवस्थापनको पाटो नगरपालिकाको मागी खाने भाँडो बनिरहेको तथ्य बोलिरहेका छन् । कति नगरवासीले फोहोरमैला कर बुझाउँछन् र कति बाँकी छन् ? भन्ने प्रश्नमा तिवारीसँग उत्तर थिएन । अधिकत सेवा मार्फत अधिकतम कर संकलन गरिने तिवारीको भनाई थियो । उनको भनाई अनुसर एकिन अभिलेख नभएपनि निजी कम्पनी मार्फत ७० प्रतिशतबाट र नगरपालिका मार्फत २५ प्रतिशतबाट मात्रै कर उठेको छ । उनको भनाईलाई हेर्ने हो भनेपनि नगरपालिकाको लाचारीपन र निरीहताको पुष्टी गर्छ । ७ वडामा फोहोरमैला व्यवस्थापनको जिम्मा पाएको निजी कम्पनीको काम राम्रो र बाँकी वडाबाट नगरपालिका आफैंले गरेको काम फितलो भएको आसय देखाएको नगरपालिकाले आफैप्रति प्रश्न खडा गरेको छ । अहिले थपिएका १० वडामा झन् नगरपालिकाको फोहोर उठाउने गाडीको कुनै नियमितता छैन ।


कर निर्धारण र शुल्क असुली प्रणाली बैज्ञानिक बनाउने बारेमा खासै चासो पनि दिन सकिरहेको छैन ।


सार्वजनिक निजि साँझेदारीमा कार्य थालनी भएको कामको समिक्षात्मक मुल्यांकनद्वारा प्रभावकारिता परिक्षण गर्ने, ठूलो स्केलको परियोजना सञ्चालनमा आएमा आपसी समझदारीमा जिम्मेवारी हस्तान्तरण गर्ने नीति ल्याउने, फोहरमैल संकलन गर्ने तालिका वेभ पेजमा सार्वजनिक गरी, त्यसको अनुगमन गर्ने, निजी क्षेत्रले व्यवस्थापन गरेका क्षेत्रमा प्राप्त गुनासा निवारणको प्रयत्न गर्ने पोखरा उपमहानगरपालिकाको आर्थिक बर्ष २०७१÷७२ को वजेट बक्तब्यमा कार्यकारी अधिकृत महेश बरालले स्पष्ट प्रस्तुत गरेका छन् । तर, अहिलेसम्म न तालिका वेभ पेजमा सार्वजनिक गरिएको छ न अनुगमन र मुल्याङ्कन गरिएको छ । यसले पनि नगरपालिकाले जे बोल्छ त्यो गर्दैन भन्ने कुराको पुष्टी गरेको छ । कर निर्धारण र शुल्क असुली प्रणाली बैज्ञानिक बनाउने बारेमा खासै चासो पनि दिन सकिरहेको छैन । निजी क्षेत्रलाई जिम्वेवारी प्रदान गर्दा पनि कुनै एक्सन प्लान बिनै हचुवाको भरमा प्रदान गरिरहेको छ । शुल्क तिरेर पनि आम सेवाग्राहीहरुले उचित सेवा प्राप्त गर्न सकिरहेका छैनन् । फोहोरमैला र यससंग सम्वन्धित जनचेतनाका कार्यक्रमप्रति उप–महानगरपालिका उदासिन छ । पोखराबाट प्रत्येक महिना ८६ टन फोहोर संकलन हुने गरेको छ । त्यसमा पनि ६० प्रतिशत पुन प्रयोग गर्ने र ४० प्रतिशत मात्र फ्याक्न पाउने सर्त छ । नगरपालिकाको फितलो नियमले गर्दा पोखरा झन फोहोर बन्दै गइरहेको अवस्थामा छिट्टै अनुगमन समिति बनाएर प्रभावकारी रुपमा काम थाल्न लागेको तिवारीले जानकारी दिए । पहिले सफा र सुन्दर शहरका रुपमा पुरस्कृत भएको पोखरा उपमहानगरपालिका गएको बर्ष १० औं नम्वरमा झरेको थियो । नगरपालिकाले अझै पनि यस्तै वेथिति जारी राख्ने हो भने “हाम्रो अभिभारा स्वच्छ सुन्दर पोखरा” नारा लिएको पोखरा झन् तल झर्ने संभावना उत्तिकै छ ।

Comments are closed.