पाेखराकाे बगालेटोल अब सँधै झलल

पोखरा, ३१ जेठ। पोखराको बगालेटोल क्षेत्र लोडसेङिङ मुक्त भएको छ। बगालेटोल टोल सुधार समिति र बगालेटोल सामुदायिक विकास केन्द्रले टोलमा सौर्यवत्ति जडान गरेपछि बगालेटोल लोडसेङिङ मुक्त भएको हो। बगालेटोलको सिद्धार्थ चोकबाट दक्षिण बरको बोटसम्म, पूर्व मंगल प्रसाद श्रेष्ठको घरसम्म र पश्चिम फिर्के डिलसम्म गरी ३० वटा सौर्यवत्तिहरु जडान गरिएको प्रचार संयोजक दिलिप दोषीले जानकारी दिए।
solar_street_lightसौर्यवत्ती जडानका लागि फागुन २३ गते विवेक श्रेष्ठ साङ्गितिक साँझ–२०७१ गरी रकम संकलन गरिएको थियो। विवेक श्रेष्ठ साङगितिक साँझ–२०७१ बाट कुल ६ लाख तीन सय ९८ रुपैया आम्दानी भएकोमा कार्यक्रम र सौर्य वत्ति जडानका लागि चार लाख ९६ हजार सात सय १३ रुपैया खर्च भएको छ भने १ लाख १३ हजार ६ सय ८५ रुपैया बचत भएको छ।

एक कार्यक्रमवीच सौर्यवत्तिको उद्घाटन गरिएको छ। समाजसेवी भक्तराज श्रेष्ठले शिलालेख अनावरण गरी सौर्यवत्ति शुभारम्भ गरेका थिए। कार्यक्रममा बोल्दै उनले बगालेटोलमा सौर्यवत्ति जडान गरिएपछि यस क्षेत्र अव बिभिन्न अपराधिक क्रियाकलापबाट मुक्त हुने र रातमा हिंडने बटुवालाई सहज हुने बताए।

बगालेटोलका युवा एवं गायक विवेक श्रेष्ठले सौर्य बत्ति बाल्नका लागि अन्तरआत्मादेखि साङगितिक साँझ गरेर सहयोग गर्न पाउँदा खुशी लागेको बताए। बगालेटोल सौर्यवत्ति उपभोक्ता समितिका संयोजक तथा बगालेटोल सामुदायिक विकास केन्द्रका अध्यक्ष निरा श्रेष्ठले सवै मिलेर बगालेटोललाई नमुना टोल बनाउनका लागि अघि सर्नु पर्ने उल्लेख गरिन्।

रुपाकोट ज्योती सुनचाँदी दुकानका प्रोप्राईटर दशरथ सुनारले समाजको विकासका लागि रचनात्मक काम गर्नुपर्नेमा जोड दिए।
त्यसअवसरमा साङगितिक कार्यक्रमलाई व्यानर तथा आर्थिक सहयोग गर्ने नौ जना व्यत्ति तथा संस्थालाइ सम्मान गरिएको थियो।

सम्मानित हुनेमा युवा गायक विवेक श्रेष्ठ, सिटी डेभलपमेन्ट बैक लि ,रुपाकोट ज्योती सुनचाँदी दुकान, विश्वराज श्रेष्ठ, ज्ञानेश्वरराज श्रेष्ठ, पि. राज टे«ड कन्सर्न, दिलबहादुर गुरुङ, शिशु विकास केन्द्र र न्यू राष्ट्रियता छापाखाना छन्। कार्यक्रममा सिद्वार्थ क्लवका अध्यक्ष दिपेन्द्र मर्सानी र बगालेटोल सौर्य वत्ति जडान उपभोक्ता समितिका कोषाध्यक्ष मनरुपा श्रेष्ठले बोलेका थिए। बगालेटोल टोल सुधार समितिका कार्यवाहक अध्यक्ष हिराकाजी श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संयोजक पंचकुमारी गुरुङले स्वागत र सचिव कृष्ण मर्सानीले कार्यक्रम संचालन गरेका थिए।

Comments are closed.