काठमाडौँ, १२ चैत । स्थानीयस्तरको जलवाष्प र बङ्गालको खाडीबाट आएको वायुको सम्मिश्रणको प्रभावका कारण अाज बिहीबार मौसम बदली भई देशका विभिन्न ठाउँमा चट्याङसहितको वर्षा भएको छ । अहिले पाेखरामा पनि बर्षा भइरहेकाे छ ।
स्थानीयस्तरको जलवाष्प मिली चट्याङ गराउने खालका बादलहरु बनेर छोटो समयको चट्याङसहितको वर्षा भएको मौसमविद् सुवास रिमालले रलाई जानकारी दिए । उनका अनुसार पूर्व मनसुनको मौसम भएकाले सामान्यतः यो बेला अपराह्नपछि पहाडी भेगमा छोटो समय मौसम खराब भई चट्याङसहित वर्षा हुने गर्छ । आजको वर्षा त्यसकै स्वरुप हो । बङ्गालको खाडीबाट वायु नेपालको पूर्वी भेगतर्फ उन्मुख भएका कारण यहीँको जलवाष्प जोडिन गई दुवैतर्फको मिश्रित असर देखिएको उहाँले उल्लेख गरे ।
चट्याङसँगै विभिन्न भेगमा बाक्लो असिना परेको समाचार छ । मुलुकको पश्चिमी भेगमा कुनै असर नपरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । चट्याङ गराउनेखालको बादलले गर्दा असिना पनि परेको मौसविद् रिमालको भनाइ छ ।
Comments are closed.