पोखरा हटलाईन,
२६ पौष,पोखरा
प्रसिद्ध भारतिय मोटरसाइकल निर्माता कम्पनी बजाजको नयाँं मोडेल २५० सि सि को एफ आइ ए बि एस मोटरसाइकलको पोखरा सहित नेपाली बजारमा आइतबार देखी बिक्री शुरु भएको छ ।नेपाल भरिका १०४ वटा अधिकृत बिक्रेताहरु बाट आजै देखी यस मोडेल को मोटरसाइकलको बिक्री शुरु गरिएको पोखरा बजाज को पोखराको आधिकारीक बिक्रेता इच्छाशक्ती अटोमोबाइल्सका शोरुम प्रबन्धक भाग वान बिजुक्छे ले जानकारी दिए ।आइतबार पोखरा नयाँं बजारमा रहेको बजाज शोरुममा सन्चारकर्मिहरुको हातबाट डोमिनर सेरिज अन्तर्गतको पहिलो मोडेलको मोटरसाइकलको लन्चिङ कार्यक्रम सम्पन्न भयो ।
मोटरसाइकलको उत्कृष्ट पर्फमेन्स हुनुका साथै अन्य बाइकको तुलनामा आरामदायी रहेको दाबी बिक्रेता को रहेको छ ।ग्राहक बर्ग मा केहि पृथक तथा आनन्द दायी किसिमको बाइक चलाउने चाहनालाई यो मोटरसाइकल ले पुरा गर्ने आफुहरुलाई बिश्वास रहेको प्रबन्धक बिजुक्छेले ब ता ए ।मोटरसाइकलका अन्य बिषेशता हरुमा उत्कृष्ट माइलेज,पिक अप,डी सि लाईटिङ्ग,डिजिटल डिस्प्ले ,सुरक्षित ब्रेकिङ्ग सिस्टम लगायत रहेको प्रबन्धक बिजुक्छे ले जनए ।आइत बार बाट पोखराको नयाँंबजार स्थित बजाज शोरुममा बिक्री शुरु गरिएको डोमिनार २५ सि सि को खरिद मुल्य ४,८९,९००/- चार लाख उनान्नब्बे हजार नौ सय रुपैया रहेको बिक्रेताले जानकारी गराए ।
Comments are closed.