बजाज  EXCHANGE  मेला बैशाख १७ गते सम्म हुने

 

पोखरा १२ बैशाख –इच्छाशक्ति अटोमोबाइल्स प्रा.लि.द्धारा आयोजित बजाज EXCHANGE  मेला बैशाख १७ गते सम्म हुने भएको छ ।

 

ग्राहकको अत्याधिक चापको कारणले गर्दा BAJAJ EXCHANGE  ( २०७८।०१।१२ गते देखी २०७८।०१।१७ सम्म )थप गरीएको हो । उत्तमचोक TATA सिप्रदीको पारी पट्टि शाखा कार्यालय रहेको ईच्छाशक्ति अटोमोबाईल्स प्रा.लि.ले कुनै पनि ब्राण्डका मोटरसाईकल तथा स्कुटर प्रचलित बजार  (VALUATION )मुल्याङकन भन्दा १५००० थप गरीएको बताएको छ । साथै सो मेलामा प्रत्येक बजाज मोटरसाईकल खरीद गर्दा आकर्षक उपहार स्वरुप ( HELMET,LEGGUARD,BAG AND BIKE COVER) प्राप्तगर्न सकिने तथा नयाँबर्षको बजाज शुन्यअफर बाट रु १०,००० देखी १०,००,००० सम्म प्राप्त गर्न सकिनेछ ।साथै बजाजले  0 % ब्याजदरमा फाईनान्स सुविधापनि दिएको जनाएको छ ।

 

त्यसैगरि बजाज शुन्य अफर बाट ओम अटोमोबाईल जनकपुर बाट रोशन सफीकले बजाजको पहिलो विजेता भई रु १०,००,००० प्राप्त गर्नुभएको छ। साथै इच्छाशक्ति अटोमोबाइल्स प्रा.लि. बाट लेखनाथ १४ निवासी प्रकाश बस्नेतले मिती २०७८।०१।०५ गते उत्तमचोक शाखाबाट  PULSAR १५० टि डी खरिद गर्दा (रु १,००,००००० )नगद प्राप्तगरेको इच्छाशक्ति अटोमोबाइल्स प्रा.लि.ले जानकारी गराएको छ । सवांददाता ःनेत्र क्षेत्री

Comments are closed.