बजारमा अब ‘म पनि बोल्छु’

11779915_746532568813113_8047950514147340623_o305841_322049884477527_560748974_nपोखरा १ भदौ/धेरै जनाले रडियो, टिभि वा सार्जनिक कार्यक्रममा बोल्ने बानीको विकास नहुँदा समस्या खेप्नुपर्छ । आफुमा बोल्ने कला नहुँदा धेरै ठाउँमा लज्जित पनि हुनुपर्छ । काम गर्न जाने र बोल्न जानिएन वा आफ्ना कुरा सजिलै व्यक्त गर्न जानिएन भने हैरानी खेप्नुपर्छ । आफुमा शाहस र सजिलै लागेका कुरा राख्न नसक्दा धेरै अवशरहरु गुम्न पुग्छन् ।

कार्यक्रमहरुमा भाषण गर्न जानिएन भने पनि आफैलाई अफ्ठ्यारो लाग्छ । सुरुमा यस्तै हैरानी पत्रकार रामजी लम्मसालले पनि खेप्नुपर्‍यो । सुरुमा बोल्न, आफ्ना कुरा सजिलै निर्धक्क भएर राख्न आफैं सिकेका लम्सालले अहिले अरुलाई बोल्ने कला सिकाउँछन् । लामो समयदेखि पत्रकारीमा क्रियाशिल लम्सालले थुप्रै जनालाई यो क्षेत्रमा ल्याएका छन् ।

धेरैजनालाई व्यक्तित्व विकासका विषयमा तालिम दिएका छन् । धेरैलाई निर्धक्कसँग बोल्न सक्ने बनाएका छन् । अब भने बोल्ने कलाको कमीले विभिन्न समस्या खेप्दै आएकाहरुले सजिलै घरमै बसेर पनि त्यसको शैद्धान्तिक तथा व्यवहारिक ज्ञान लिन पाउने छन् । लम्सालले अहिले यस्तै पाठक तथा सर्वसाधरणलाई लक्षित गर्दै ‘म पनि बोल्छु’ नामक पुस्तक बजारमा ल्याएका छन् ।

‘मैले लामो समय यही पत्रकारिता तथा नेतृत्व विकासको क्षेत्रमा काम गरें’ लेखक लम्सालले भने ‘मैले यहीबीच जानेका, सिकेका र खोज अनुशन्धान गरेका कुरालाई समेटेर पुस्तक निकालेको हूँ । यो नयाँ पुस्ताका लागि धेरै उपयोगी हुन्छ भन्ने मेरो विश्वास छ ।’ पुस्तक उद्घोषणकला, भाषणकला, बैठक सञ्चालन, नेतृत्व विकास, रिसेप्सन, रेडियो कार्यक्रम उत्पादन, रेडियो समाचार, विज्ञापन, रेडियो अन्तर्वार्ता, तथा आकर्षक बोल्ने कलाको विकासका लागि उपयोगी हुनेछ ।

पोखरा एक्सप्रेसका कार्यकारी निर्देशकसमेत रहेका लम्सालले तयार पारेको पुस्तक सरल भाषामा सबैले बुझ्ने गरी निकालिएको छ । शिवप्रसाद आचार्यले प्रकाशन गरेको ‘म पनि बोल्छु’ पुस्तकको मूल्य २ सय रुपैयाँ रहेको छ । हेरक क्षेत्रमा कसरी बोल्ने कलाको विकास गर्ने भन्ने ज्ञान पुस्तकले प्रदान गर्नै दाबी प्रकाशकको छ ।

Comments are closed.