पाेखरा १२ असाेज
नेपाल–भारत सिमा नाका बन्द भएर आयात रोकिएको भन्दै पोखरा तथा आसपासमा पेट्रोलियम पदार्थ र खाने पकाउने ग्याँस, खाद्यन्यको चरम अभाव भएको छ भने मगंगी समेत चुलिएको छ । पेट्रोलियम पदार्थ तथा ग्याँस डिपो तथा विक्रेताले दिनै छाडेका छन् । जसका कारण उपभोक्ताले चर्को अभाव खेप्नुपरेको छ । पोखरा तथा आसपासका ग्याँ विक्रेता तथा पेट्रोलियम डिलरहरुले भएको स्टक पनि सकिएको भन्दै पुरै बन्दै गर्न थालेका छन् । पोखराको करिव चारलाखको जनसंख्या मध्य करिव दैनिक तीन हजारको हाराहारीमा ग्यास सिलिण्डर माग रहेकोमा अहिले ग्याँस पाउनै छाडिएको छ ।
भएको स्टक पनि लुकाएका कारण बजारमा कृत्रिम अभाव सिर्जना भएको सर्वसाधरणको गुनासो छ । पछिल्लो एक महिनादेखि दैनिकरुपमा एक हजार सिलिण्डर मात्रै आपूर्ति भएको र अहिले गोदामहरुमा ग्याँस नै नभएको ग्यास बिक्रेता महासंघ कास्कीको भनाई छ । पोखरा लगायतका छिमेकी जिल्लाहरुमा समेत पोखराबाटै दैनिकरुपमा आपूर्ति हुँदै आएका उपभोग्य सामाग्री, खाद्यान्न, ग्याँस ,पेट्रोल र डिजेल लगायतका सामाग्रीको चरम अभावले उपभोक्रालाई चिन्तित बनाएको छ ।
गतहप्तादेखि पोखरा र छिमेकी जिल्लाहरुका पेट्रोलपम्पमा लामलाग्ने गरेको थियो तर भारतीय नाकाबाट पेट्रोलियम पदार्थ र खाद्यान्नको आपुर्ति हुन छाडेपछी यस क्षेत्रका पेट्रोल पम्पमा समेत पेट्रोल तथा डिजेल सकिएपछी पम्पहरु बन्द भएका छन् । पोखराको प्रस्र्याङमा रहेको शसस्त्र प्रहरीको कालिका पेट्रोल पम्प र बुद्धचोकमा रहेको सरकारी पम्प शाझा पेट्रोल पम्पले समेतले तेल दिन छोडेपछी पोखरामा समेत हाहाकारको अवस्था सृजना भएको हो ।
पोखराका डिपार्टमेन्ट स्टोर्स र ठूला पसल तथा स्टोर्सहरुमा समेत दैनिक उपभोग्य र खाद्यान्नको समेत अभाव र महंगी बढेको छ । हाल पोखरामा एक दर्जन भन्दा बढी कम्पनीले उपभोक्ताहरुलाई ग्यास ढुवानी गर्दै आएका छन् । पोखराको स्थानीय स्तरमा रहेका गृहलक्ष्मी, बाबा ग्यास र शक्ति ग्यासले यस क्षेत्रका उपभोक्ताको ६० प्रतिशत मागलाई परिपुर्ति गरेको थियो । यस क्षेत्रका करिव ४० प्रतिशत ग्यास भने पोखरा बाहिरबाट आपुर्ति हुने गरेको छ । पोखरा सहित गण्डकी धौलागिरीमा दैनिक ८० हजार लिटर पेट्रोल र एक लाख ६० हजार लिटर डिजेलको दैनिकरुपमा खपतहुने गरेको छ ।
यस क्षेत्रमा ५२ वटा पेट्रोल पम्पहरु छन् । पेट्रोलियम पदार्थ कालो बजारीलाई कडा कारवाही गर्ने गृह मन्त्रालयका प्रवक्ताको भनाई बाहिर आएको भोलीपल्टै पोखरास्थित नेपाल आयल निगम डिपोले आइतबार दिनभर हचुवाको भरमा मनपरि पेट्रोल र डिजल वितरण ग¥यो । कति स्टक छ ? केही अत्तोपत्तो छैन । सोमबार भने डिपो पुरै बन्द गरेर सबै कर्मचारीले बिदा मनाए । देशमा यस्ता अवस्थामा वितरण व्यवस्थालाई जथाभावी गरि कालोबजारीलाई प्रोत्साहन दिंदा पनि स्थानीय प्रशासन भने मौन दर्शक स्थानीयको आरोप छ ।
कालोबजारी गर्नेलाई कार्वाही–प्रशासन
जिल्ला प्रशासन कार्यालय कास्कीले बजारमा कृत्रिम अभाव सृजना गर्नेलाई कारवाही गर्ने बताएको छ । सोमवार बिज्ञप्ती प्रकाशित गरी उपभोग्य बस्तुको कृतिम अभाव सृजना गर्ने, कालोबजारी , वा आवश्यकता भन्दा बढी सञ्चय गरी राखेको पाईएमा कानुन अनुसार कारबाही गर्ने प्रशासनले जनाएको हो ।
पोखरा सहित कास्कीका अन्य बजारहरुमा दैनिक उपभोग्य बस्तु लगायत अन्य औषधि, निर्माण सामाग्री, लत्ता कपडा समेतमा मुल्य बृद्धि भएको गुनासो आएको भन्दै प्रशासनले निरन्तर हुने अनुगमनबाट कानुन बिपरित कार्य गरेको पाए कारबाही गर्ने चेतावनी दिएको हो । ‘नजिकको चाडपर्व र बर्तमान परिस्थितिको समेत मध्यनजर गरी आ आफ्नो क्षेत्रमा संयमित भई आपूर्ति ब्यबस्थालाई सक्दो सहज र सुलभ बनाई राख्नु हामी सबैको दायित्व हो । ’ जारी बिज्ञप्तीमा भनिएको छ ।
वाइसियलले अनुगमन गर्ने
एमाओवादीनिकट युवा संगठन योङ्ग कम्युनिष्ट लीग (वाइसिएल), कास्कीले बजार अनुगमन गर्ने भएको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै वाइसिएल कास्कीले नाकाबन्दीको प्रतिकूल समयमा ग्राहकप्रति जिम्मेवार हुनुपर्नेमा व्यवसायीहरुले उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना गरेको भन्दै बजार अनुगमनको निर्णय गरेको बताएको छ ।
उद्योगी व्यवसायीहरुलाई राष्ट्रप्रति जिम्मेवार भएर उपभोक्ताको हितमा उभिन’ अनुरोध गर्दै वाइसिएलले कृत्रिम अभाव र कालोबजारी गर्ने व्यवसायीलाई कानुनी दायरामा पु¥याएने चेतावनी दिएको छ । मंगलबारदेखि पोखराका सबै टोल र गल्लीमा थोक र खुद्रा पसलहरुको अनुगमन गर्ने वाइसिएल कास्कीका अध्यक्ष बिनय थापाले बताए । थापाका अनुसार वस्तुको बढी मूल्य लिने, कृतिम अभाव सिर्जना गर्नेहरुको अनुगमन गरी कारवाही प्रक्रियाका लागि राज्यलाई दवाव दिने उद्धेश्यले बजार अनुगमन गर्न लागिएको हो ।
भारतीय टिभी च्यानल तथा गीत प्रशारणमा रोक
भारतले नेपालमाथि गरेको अघोषित नाकाबन्दीको बिरोधमा पोखरामा पनि भारतीय च्यानलको प्रशारणमा रोक लागईएको छ भने पोखराका रेडियोहरुमा पनि हिन्दी गीत नबज्ने भएको छ । सोमवार साँझदेखि नै पोखराका केवुल टिभीबाट भारतीय च्यानल बन्द गरिएको हो भने रेडियोहरुमा पनि हिन्दी गीत तथा समाचारहरु प्रशारण नगर्न आग्रह गरिएको छ ।
पोखरामा विभिन्न पार्टी तथा विद्यार्थी घटक संगठनले हिन्दी टिभी च्यानल रोक लगाउन तथा रेडियोमा हिन्दी गीत नबजाउन निवेदन दिएको वैदाम केवलका हिाल खड्काले जानकारी दिए । पोखराका स्थानिय टिभी च्यानल र अन्य नेपाली च्यानल बाहेक अब टेलिभिजन च्यानलमा भारतीय कुनैपनि च्यानल हेर्न नसकिने केवल टिभी सञ्चालकहरुले बताएका छन् । आजदेखि नेपालभर भारतीय टिभी च्यानल बन्द हुने भएका छन् ।
पोखराका ठाउँठाउँमा मोदीको पुत्ला दहन![unnamed (3)]()
भारतले नेपालमाथि गरेको अघोषित नाकाबन्दीको बिरोधमा पोखराका ठाउँठाउँमा प्रदर्शन हुनुका साथै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरिएको छ । पोखराको रामबजारमा रहेको भारतीय पेन्सन क्याम्प अगाडि स्थानीयले भारतीय प्रधानमन्त्री मोदीको पुत्लादहन गरेका छन् । यसैगरी पोखराको लेकसाइडमा पनि मोदीको पुत्ला दहन भएको छ भने पोखरा विश्व विद्यालयमा पनि विद्यार्थीहरुको प्रदशन गर्नुका साथै पुत्ला दहन गरेका हुन् ।
प्याजको मूल्य १५५ पुग्यो
प्याजको मूल्य बढेर प्रतिकिलो १ सय ५५ पुगेको छ । सोमबार एकैदिन प्रतिकिलो ३७ रुपैयाँले बढेको हो । आइतबार एकसय १८ रुपैयाँ खुद्रा मूल्य रहेको प्याज सोमबार १ सय ५५ रुपैयाँमा पुगेको हो ।
एक हप्ताको बीचमा प्याजको मूल्य प्रतिकिलो ५५ रुपैयाँले बढेको छ । गतहप्ता बजारमा खुद्रा मूल्य १ सय रुपैयाँ रहेको प्याज एक हप्ताको बीचमा प्रतिकिलो ५५ रुपैयाँ बढेको छ । गत बिहीबार एकसय ५ रुपैयाँमा बिक्री भएको प्याजको अभाव चर्किएको भन्दै अचानक अप्रत्यासित रुपमा मूल्य बढेको हो ।
Comments are closed.