बत्ति मुनिको अध्यारो ‘ड्यामसाइड’ जुर्मुराउँदै

पोखरा १५ कार्तिक।

लेकसाइड मात्रै, पयर्टन क्षेत्र हो भन्ने धारणाले अलि परका मात्रै हैन, फेवातालको पुछारमै रहेको ड्यामसाइड पनि पिडित बनेको गुनासो त्यहाँका स्थानियबासीहरुले गर्दै आएका छन् । त्यसका लागि उनिहरुले बेला बेलामा महोत्सब समेत गर्दै आए । बिभिन्न कार्यक्रम मार्फत आवज पनि नउठाएका हैनन् ।

damside

केही समय यता ड्यामसाइडलाइ ‘चाइना टाउन’ का रुपमा बिकास गर्ने कुराले पनि चर्चा नपाएको हैन । तर पनि कुनै बेलाको अब्बल पर्यटकीय क्षेत्र ड्यामसाइड केही बर्ष यता बत्ती मुनीको अध्यारो बनेको छ ।

पर्यटकहरुको आगमन कम भएको छ । आएका पनि सबैभन्दा सस्तो खोज्न आउछन् ।

ड्यामसाइडमा हुने बिभिन्न सामाजिक कार्यक्रममा ड्यामसाइडको बिकासका लागि कुरा उठेपनि, ति कार्यक्रमको समापनसँगै त्यसको कार्यान्वयनको पाटो पनि बिर्सजन हुने गुनासो स्थानियनै गर्छन् ।

पोखराकै पहिलो पर्यटन ब्यबसायी हरिध्वज तुलाचन, फुटबलका हस्तीहरु बिसन गौचन, राजेन्द्र तामाङ्गहरुको थाँतथलोमा शनिबार फेरी ड्यामसाइडको बिकासको कुरा भयो । सन्दर्भ थियो,
ड्यामसाईड क्लबको १२ औं साधारण सभा ।
कार्यक्रमका प्रमुख अतिथि पर्यटन व्यवसायी तथा समाजसेवी हरिध्वज कुनै वेला पर्यटकको चाप धान्न नसकिने ड्यामसाईड केही खराब तत्वको कारण हाल केहि सुस्ताएको वताए। तर ती तत्वहरुको बारेमा खुलाएनन् ।

उनले ड्यामसाईड क्षेत्रको मुहार फेरिने काम गर्न भन्द एक लाख रुपैया क्लबका अध्यक्ष पदमबहादुर ढकाललाई हस्तान्तरण गरे ।
सोही अवसरमा क्लबका दुबई संयोजक भुपेन्द्र थापाले क्लबलाई ३० हजार चार सय ५० रुपैयाँ र आरटि ट्रेनिङ सेन्टरलाई ४६ हजार चर सय रुपैया आर्थिक सहयोग प्रदान गरेका छन्।

कार्यक्रममा ड्यामसाईड टोल विकास संस्थाका अध्यक्ष शिवजी वराल, क्लबका सल्लाहकार केशबराज वराल, ड्यामसाईड क्षेत्र सुधार समितिका सचिव महेन्द्रकुमार श्रेष्ठलगाएतले हरेक वर्ष थोरै थोरै कार्य गर्दै जानु पर्ने वताउँदै यस वर्ष अध्यक्षको प्रतिवेदनमा उल्लेख भएको राष्ट्र बैंक चोकमा एक सार्वजनिक शौचालय निमार्ण र ड्यामसाईड क्षेत्रमा सोलार वत्ती जडान गर्ने कार्यलाई सम्पन्न गर्नुपर्ने कुरामा जा
साथै क्लबले पर्यटन प्रबद्र्धन गर्नको लागि वर्षमा कम्तिमा पनि एक सडक महोत्सवको आयोेड दिए ।

साधारण सभामा अध्यक्ष पदमबहादुर ढकाल, सचिव रमेशप्रसाद वराल र कोषाध्यक्ष प्रताप गुरुङको प्रतिवेदनहरु पारित गरेको थियो।

क्लबका अध्यक्ष पदमबहादुर ढकालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सल्लाहकार हरि गुरुङले र संचालन सचिव रमेशप्रसाद वरालले गरेका थिए।
क्लबका अध्यक्ष पदमबहादुर ढकालले सहयोगदातालाई धन्यवाद दिदैं सामाजिक कार्य गर्नु नै क्लबको मुख्य उद्धेश्य रहेको र आगामि दिनहरुमा पनि क्लबलाई पुर्णरुपमा सहयोगको अपेक्षा रहेको वताएका थिए।
कार्यक्रममा शुभकामना व्यक्त गर्दै क्लबका संस्थापक अध्यक्ष तथा हालै सम्पन्न राष्ट्रिय लिग विजेता फुटबल टिम थ्री स्टारका प्रशिक्षक राजेन्द्र तामाङले आफ्नो क्लबको सहयोगले नै राष्ट्रिय प्रतियोगितामा उत्कृष्ठ प्रशिक्षकबाट पुरस्कृत हुन सफल भएको वताए।

Comments are closed.