पोखरा, १४ असार/ पोखरा उद्योग वाणिज्य संघ तथा नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा अआइतबार पोखरामा बजेट पूर्वको अन्तरक्रिया भएको छ । आगामी बजेटमा समेट्नुपर्ने विषयहरुको सन्दर्भमा निजी क्षेत्रका प्रतिनिधीहरुसँग सुझाव संकलन गर्ने उद्देश्यले अन्तरक्रिया आयोजना गरिएको हो ।
अन्तरक्रियामा पोखरा द्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष देव क्षेत्रीले आगामी बजेटले जिनी क्षेत्रलाई प्रोत्साहन गर्ने खालको बजेट ल्याउन आग्रह गरे । राजश्व सचिव नवराज भण्डारीले सरकार तथा निजी क्षेत्र दुबैमा खर्च गर्ने क्षमताको विकास हुन नसक्दा समस्या सृजना भएको स्वीकारे । आउँदो बजेटमा विनियोजन हुने पूँजीगत खर्चलाई सही सदुयोग गर्नु र पुनर्निर्माणमा लाग्नु सरकारको लागि चुनौति भएको बताए । उनले पछिल्लो समय यथेष्ट राजश्व उठेकाले नै सरकारले अन्तर्राष्ट्रिय समुदायसँग कम ऋण लिएको प्रष्ट पारे ।
उनले बदमासी गर्ने र कर छल्नेलाई कडा कारवाही गरी सडकमै ल्याउन अर्थमन्त्रालयले कडा नीति अवलम्बन गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले कर सार्वभौमसत्तासँग जोडिएको विषय भएकोले कर सबैले तिर्नुपर्नेमा जोड दिए । उनले कर प्रणाली निरन्तर सुधार भएको अनुभूति दिनु सरकारको कर्तव्य भएको उल्लेख गर्दै निजी क्षेत्रले सरकार र सरकारले निजी क्षेत्रलाई आक्षेप लगाएर समस्याको समाधान नहुने बताए । आगामी बजेटमा सुशासन र भ्रष्टाचार अन्त्यको प्रत्याभूत हुनुपर्ने बताउँदै उनले व्यवसायमा आएको कालोधनलाई निरुत्साहित गर्नु सरकारको पहिलो चुनौति र दायित्व भएको उल्लेख गरे ।
भन्सार विभागका महानिर्देशक शिशिर ढुंगानाले न्यून विजिकीकरणले राष्ट्रको अर्थतन्त्रलाई नै असर पु¥याएको स्वीकार्दै आउँदो केही समयमा नै भन्सारमा स्वचालित कर प्रणाली लागु हुने जानकारी दिए । आयकर विभागका महानिर्देशक चुडामणि शर्माले करदाता र करप्रशासनबीच सुमुधुर सम्बन्ध कायम गर्न सचेतना र शिक्षा, सहभागिता, कर प्रणालीमा सरलीकरण, संरचनामा सुधार, सूचना प्रविधीको प्रयोग, करदातालाई सम्मान, कर प्रणाली सुधार, कर प्रशासनलाई सक्षममता र करदातालाई सुविधा दिने जानकारी दिए । पश्चिमाञ्चल क्षेत्री उद्योग वाणिज्य संघका अध्यक्ष संजिवबहादुर कोइरालाले स्थानीय निकाय र नेपाल सरकारले लिने एकै प्रकृतिका करहरुलाई सुधार गर्नुपर्ने बताए । कार्यक्रममा
राजश्व अनुसन्धान विभागका महानिर्देशक बालकृष्ण घिमिरेले नेपालको अर्थतन्त्रमा कृषिको भूमिका बढाउन घरमा एउटा गाई पाल्ने, चारवटा भिण्डीको विरुवा रोप्ने प्रवृत्ति हैन कि व्यवसायीक कृषिमा लाग्नुपर्नेमा जोड दिए ।
अर्थमन्त्रालय, राजश्व अनुसन्धान विभाग, राजश्व परामर्श समिति, उद्योग वाणिज्य संघ लगायत पश्चिमाञ्चल क्षेत्रका उद्योगी÷ व्यवसायीहरु सहभागी थिए ।
Comments are closed.