पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दु थापाले एमाओवादी सहितका मोर्चाले आयोजना गरेको बन्दलाई सहयोग गर्ने बताएका छन् ।
सोमबार बन्द आयोजकसँगको भेटघाटपछि पोखरा हटलाइनसँग कुराकानि गर्दै अध्यक्ष थापाले बन्दको कार्यक्रम देशव्यापी भएकाले पोखरामा बन्द आयोजकको अनुरोधलाई स्वीकार गर्दै व्यापार व्यवसाय बन्द गर्ने निष्कर्ष निकालिएको जानकारी दिए । हामीले बन्दको विकल्प खोज्नुहोस् भन्यौं । उहाँहरुले यो देशव्यापी कार्यक्रम हो त्यसैले सहयोग गर्नुहोस् भन्नु भयो । अध्यक्ष थापाले भने, माघ ८ गते पनि नजिक आएको र उहाँहरुले संविधान निर्माणकै लागि दबाब दिन बन्द आयोजना गरिएको हो भने पछि हामीले पनि १ दिनको बन्दलाई व्यवसाय बन्द गरेर सहयोग गर्ने बतायौं । अध्यक्ष थापाले आगामी दिनमा राजधानि केन्द्रित आन्दोलन गर्न र जिल्लामा बन्द हडतालका कार्यक्रम नगर्न सुझाव दिएको पनि जानकारी दिए । पोखरा उद्योग वाणिज्य संघको टोलीसँग एमाओवादीका नेताहरु राजकाजी गुरुङ, दिपक कोइराला र रामजी बराल सहितको टोलीले सोमबार भेटघाट गरेको थियो ।
Comments are closed.