बन्दले पाेखरामा पनि जनजीवन प्रभावित, २ बन्दकर्ता पक्राउ

 पोखरा ८ साउन । नेत्रविक्रम चन्द बिप्लव नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको बन्दको कारण आज पोखरामा बिहानैदेखि जनजीवन प्रभावित बनेकाे छ । बन्दले पाेखरामा लामाे तथा छाेटाे दुरीका कुनैपनि सवारी साधन चलेका छैनन् । शिक्षण सँस्था कलकारखाना पनि पुरै बन्द छन् ।

image

फाट्टफुट्ट रुपमा साना पसल खुलेपनि ठूला पसलहरु खुलेका छैनन् । लेकसाइड क्षेत्रमा भने केही पसलहरु खुलेका छन् । पाेखरामा थाेरै सँख्यामा बन्दकर्ताहरु रहेपनि लामाे समयपछि बन्‍द अाह्वान भएकाे र कुनै अप्रीय घटना हुने डरले गर्दापनि बजारमा पूर्ण प्रभाव परेकाे धेरैकाे ठम्यार्इ छ । बन्दकाे पूर्वसन्ध्यामा बिहीबार बन्द सफल बनाउन भन्दै बन्दकर्ताहरुले जुलुस निकालेका थिए ।  थाेरै सङ्ख्यामा रहेकाे बिप्लव समुहका कार्यकर्ताहरु चाेकचाेकमा जम्मा भएर बन्द गराउँदै हिडेका छन् । उनीहरु मुख्य चोकचोकमा पार्टीको झण्डासहित बसेका छन् ।11770613_407670209440649_1874702077_o

भारत र चीनबिचमा भएको लिपु सम्झौता नेपालीकाे हित विपरित भएकाे भन्दै बन्द अाह्वान गर्नुपरेकाे  नेकपा माओवादी कास्कीका सेक्रेटरी पूर्णजित पुनले बताए । उनले लिपुलेक नेपालको हो भन्दै सम्झौता सच्याउन पनि माग गरेका छन् ।

पाेखरामा २ जना बन्दकर्ता पक्राउ गरेका छन् । पाेखराकाे महेन्द्रपुलमा माेटरसाइकल राेकेर ताेडफाेड गर्न खाेज्ने दुइ जनालार्इ प्रहरीले पक्राउ गरेकाे हाे । अनेरास्वबियू जिल्ला सम्याेजक मिलन रार्इ र जिल्ला सदस्य प्रवल भण्डारी पक्राउ परेका हुन् । बन्दमा कुनै अप्रीय घटना हुन नदिनका लागि  सुरक्षा व्यवस्था कडा पारिएकाे कास्की प्रहरी प्रमुख डिएसपी हरिबहादुर पालले जानकारी दिए । 11790144_407670246107312_2016422051_o

पाेखरासँगै यस अासपासका क्षेत्रमा पनि बन्दकाे पूर्ण रुपमा प्रभाव परेकाे बतार्इएकाे छ । कास्की, तनहुँ, लमजुङ, गाेरखा, स्याङ्जा, पर्वत, बाग्लुङ लगायतका क्षेत्रमा पनि बन्दले जनजीवन प्रभावित भएकाे छ । बाग्लुङमा बन्द गराउदै हिड्ने १० जना पक्राउ परेका छन् । माओवादी जिल्ला सेक्रेटरी बिकिरण क्षेत्री, जिल्ला सदस्य बाबुलाल शाक्य सहित १० जना पक्राउ परेका हुन् । यसै क्रममा काठमाडौंमा  पनि विभिन्ठ ठाउँमा झडप तथा बन्दकर्ता पक्राउ परेका छन् । अखिल क्रान्तिकारीका अध्यक्ष सरद रसाइलीसहितकाे टाेली काठमाडाैँमा पक्राउ परेका छन् । 

Comments are closed.