भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलले जारी गरेको सहकारी नियमावली २०७५ मा दोहोरो सदस्यता लिन नपाउने व्यवसथा छ । यो सँगै सहकारीहरुमा खराब कर्जाको निरन्तरता झ्या·िदै आइरहेको थियो । त्यसैमा कोरोना भाइरस(कोभिड–१९) महामारीले खराब ऋणिहरुलाई मसला थपिदियो ।
पछिल्लो समय स–सना व्यवसायी र कारोबारीहरुका माझमा सहकारी कारोबार लोकप्रिय बनेको छ । सहज बनेका ठूला बैंक र वित्तिय संस्थाहरुमा कारोबार गर्दाको झन्झट र प्राविधिक कठिनाईहरुले सहकारीप्रतिको आकर्षण बढेर गएको हो । सदस्य केन्द्रित व्यवसाय र चुस्त दुरुस्त व्यवस्थापनका कारण अर्थतन्त्रको मुख्य ढाड बनेको सहकारी व्यवसायका बारेमा कसी लाउनै नपर्ने अवस्था छ । यती हुँदा हुँदै पनि सहकारीको मर्मलाई नबुजिदिने केही ऋणि सदस्यहरुका कारण यो व्यवसायमा अफ्ठ्याराहरु पनि भित्रिएका थिए । यस्तैमा शुरुभएको बन्दाबन्दी अवस्थाले व्यवसाय चौपट हुने हो कि, भन्ने चिन्ताले घरी–घरी सताउँदै आएको छ ।
विश्वभरी फैलिएको कोरोना भाइरस (कोभिड–१९) को प्रभावबाट हामी सबै प्रभावित भएका छौं । एक व्यक्तिबाट आर्को व्यक्ति मा सजिलै सर्ने संक्रमणको लक्षण तुरुन्तै नदेखिने यो रोगले नेपालमा पनि मृत्यु हुने क्रम शुरु भैसक्यो । यो अवस्थामा हामिहरुले आफ्नो आत्मबल बढाउन नकारात्मक सोच होईन सधै सकारात्मक बिषय मा आफ्नो परिवारसँगै बसेर सकारात्मक कुरा पढ्ने, सुन्ने र चर्चा गर्ने अनि रमाउने बानीको विकास गर्नुपर्छ ।
अहिलेको अवस्थामा हामीले आँफुलाई मात्र सम्झी रहँदा तनाव बढ्न सक्छ । तर आफ्नो परिवार इस्टमित्रसँगै रहेर पनि आफू कार्यरत सहकारी संस्था सम्झना गर्यौं र यो फुर्सदको समयमा भाबी कार्ययोजना बनाउन सक्यौं भने निकै फलदायी हुन सक्छ । महामारी पछिको अवस्थालाई मध्यनजर गर्दै सोंच तथा योजनाहरु बुन्न सक्यौं भने निश्चय नै तनाव घट्ने र व्यवसायिक निरन्तरता कायम राख्न सकिने दुवै चिज प्राप्त गर्न सकिन्छ ।
कतिलाई दुःख लाग्न सक्ला अहिलेको अवस्थामा ब्याज छुट दिँदा पनि सहकारीमा कर्जा तिर्नेको भन्दा झिक्नेको चाप बढिरहेको अबस्थामा सहकारीहरुलाई (लिक्युडिटी) मेन्ट गर्ने समस्या आएको छ । सहकारी संस्था यस्तो संस्था हो जसको सञ्चालक सदस्य आँफै हुन्छन् । सहकारीमा नियमित रुपमा पैसा जम्मा गरिन्छ, पैसा जम्मा गर्ने सबै बचत कर्ताहरु उक्त संस्थाको शेयर सदस्य हुन्छन । उनीहरुलाई आवश्यकता अनुसार निश्चित ब्याजदरमा सहकारीबाट कर्जा लिने व्यवस्था हुन्छ यसरी कर्जा लिएर सदुपयोग गर्ने हो भने सहकारीबाट समृद्धि सम्भव छ । यद्यपी केही खराव नियत भएका ऋणिहरुका कारण सि·ो सहकारी क्षेत्रकै बदनाम भएको अवस्था थियोे । यस्ता प्राय घटनाहरु ऋणिहरुका कारण घट्ने गरेका थिए । अब झन् के होला त ? सामान्य अड्कल गर्ने अवस्था छैन ।
ऋणिले लिएको कर्जा अन्य सदस्यले गरेको बचत हो उस्ले बुझाएको ब्याजबाट बचतकर्ताहरुलाई ब्याज दिनुपर्ने हुन्छ यस्तो बेला सहकारीले जस्तो पोलिसी लगउँदा पनि कर्जा लिनेहरुले ब्याज तिर्ने मनसाय नदेखाएपछि साना सहकारीहरुलाई त कर्मचारी पाल्न पनि धौ–धौ परेको छ भने सहकारी सञ्चालकहरु के गर्ने भने चिन्ता मा छन् ।
बन्दाबन्दीपछि पनि सजिलै कर्जा आसुली गर्न सम्भब देखिँदैन । किनभने खराब नियत हुनेहरुलाई दुई महिना बन्द भएको थाहा छैन ? कर्जा तिर्न किन बोलाएको ? भनी उल्टै कर्मचारी थर्काउनेको जमात झन् बलिया बनेका छन् । त्यसमाथी सहकारी क्षेत्रको नियमन नै कमजोर अवस्थामा छ । जसको कारणले खराब ऋणि सजिलै उम्किन सक्ने अवस्था रहेको छ । अब समय–समयमा अनुगमन गर्ने तथा दोषीलाई कारवाही गर्ने जास्ता कदम चाल्ने प्रभावकारी संयन्त्र हुन जरुरी छ । त्यसो भएमा ऋणि अनुशासनमा बस्थे र सहकारी को वास्तविक उदेश्य पूरा हुन सक्थ्यो । अब सहकारीका खराब ऋणिहरुलाई कसरी अनुशासनमा बाँध्ने भन्नेतिर सरोकारवालाहरुको ध्यान जान सके सुनमा सुगन्ध हुन्थ्यो कि !
Comments are closed.