बर्दियादेखि ल्याइयो नरभक्षी बाघ, अबदेखि चिडियानाखानामा बास

चैत २४, २०७७
काठमाडौँ । बर्दिया राष्ट्रिय निकुञ्जबाट नियन्त्रणमा लिइएको बाघ ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा राखिएको छ । मंगलबार बिहान काठमाडौँ ल्याइएको नरभक्षी बाघलाई चिडियाखानामा राखिएको हो ।बाघलाई आइतबार साँझ निकुञ्जको टोलीले नियन्त्रणमा लिएको थियो ।यो बाघको आक्रमणमा परी आइतबार हात्ती चराउँदै गरेका माहुतेको मृत्यु भएको थियो । घाँस काट्ने क्रममा बाघको आक्रमणमा परी हात्तीसारका कर्मचारी ३१ वर्षीय माहुते पुलिसराम चौधरीको मृत्यु भएको हो । रातोपाटीबाट साभार

Comments are closed.