बलत्कार घटनाका दोषीलाई कारवाहीको माग

पोखरा २६चैत। देशभर दिनानुदिन वलात्कारका घटना सार्वजनीक भैरहेका वेला कास्कीमा पनि वलात्कारका घटना वढ्दै गएको प्रति लैगिक हिंसा तथा बलात्कार विरुद्ध अभियान मुल आयोजक समितिको ध्यानाकर्षण जनाएको छ ।पोखरामा हालसालै नौ वर्षीया वालिका वलात्कार भएको घटना प्रति अभियन्ता नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुष्मा पौडेलले विज्ञप्ती जारी गर्दै घटनाको भर्षना गरेकी छिन् । साथै उक्त घटनामा संग्लन अपराधीलाई तत्काल पत्रकाउ गरि कडा भन्दा कडा सजायको समेत माग गरिएको छ ।

download

वालीका वलत्कृत भएको घटनालाई अभिभावकहरुले लुकाउन खोजेको र सहमतीका कुरा अगाडी ल्याएकोमा खेद व्यक्त गर्दै वलात्कारको घटनामा नावालीकालाई वालिकाको मञ्जुरी लिएर करणी गरेको भएपनि जवरजस्ती करणी भित्र पर्ने मुलुकी ऐनमा व्यवस्था गरिएका कारण त्यस्ता घटनालाई नलुकाउन समेत आग्रह गरीएको छ । साथै गतल कार्य गर्ने जो सुकैलाई पनि कानुनी कारवाही गर्नुपर्ने कुरा उल्लेख गर्दै तत्काल अनुसन्धान गरी कारवाही गर्न समेत माग गरीएको छ । साथै केही दिन अगाडी पोखरामा दुई वालीका वलत्कृत भएको घटनाप्रति समेत ध्यानाकर्षण जनाउदै उक्त घटनामा संग्लग्न दोशीमाथी समेत कडा कारवाहीको माग गरीएको छ।

विज्ञप्तिमा देशभर वढ्दै गएको वलात्कार र लैगिक हिंसा विरुद्धको घटनाले सवै मर्माहीत वजनाएको भन्दै हालसालै भएको कानुन परिमार्जन गरि यस्ता घटना दोहरीन नदिनका लागि वलात्कारीलाई आजीवन सर्वश्व सहित कैदको व्यवस्था गर्न सरकारसँग माग गरीएको छ । साथै त्यस्ता अपराधीलाई कानुनी संरक्षण नगर्न सम्पुर्ण राजनैतिक दललाई अनुरोध समेत गरीएको छ ।

विज्ञप्तीमा भनिएको छ — पिडकलाई समाजिक रुपमा वहिस्कार गर्ने, लैगिक हिंसा विरुद्ध सचेतना फैलाउने लगायतका अभियानमा एकजुट भएर लाग्न समेत अनुरोध गरिएको छ । साथै जिल्ला भित्र वढ्दै गएका वालिका तथा महिला माथिको हिंसा तथा वलात्कार जस्ता जधन्य अपराधका घटना माथि तत्काल अनुसन्धान गरि पिडकलाई कडाभन्दा कडा कारवाहीको माग तथा पिडितलाई समाजिक सुरक्षा सहितको न्यायको लागि माग गरिएको छ । साथै लैंगिक हिंसा तथा वलात्कार जस्ता घटनाको प्रभावकारी कार्यान्वयनको

Comments are closed.