बलात्कारीलार्इ खसी बनाउनु पर्दछ अनि……….

देशमा दुईथरीको अहिले बिगबिगी छ । एउटा भ्रष्टाचारीको र अनि अर्को बलात्कारीको । भ्रष्टाचारी पनि कस्ता भन्दा कात्रो किन्दा पनि बिल भर्पाइ बढाउनेहरु छन् । त्यस्तै बलात्कारी त झन सम्झदा पनि आ· नै सिरि· हुने नाबालिकाहरु प्रति अमानवीय र क्रुरतामा ओर्लिनेहरु धेरै पाइन्छन् ।
अहिले बलात्कारीलाई कडा भन्दा कडा सजाय दिनु पर्ने माग नागरिक समाज, महिला संघ संस्था कानुनविद र आम जनसमुदायबाट चर्को रुपमा आएको छ । यो अत्यन्त जायज छ । सजाय माग गर्नेमा आजीवन कारावास जन्म कारावास र मृत्युदण्ड सम्मको माग आएका छन् ।
तर रमितेको विचारमा बलात्कारीलाई पहिले “खसी” बनाउनु सबैभन्दा पहिलो काम हो । “खसी” बनाएपछि उसलाई आजीवन कारावास, जन्म कारावास वा श्रम आजीवन कारावासको कडा सजाय उपयुक्त हुन्छ । मृत्युदण्ड नै दिए पनि ८÷१० वर्ष “खसी” बनाएर राखेपछि मात्र त्यो कार्यान्वयन गर्नु कडा सजाय हुनेछ भन्ने रमिते सल्लाह छ । कसो ?

Comments are closed.