बलिउड छाड्ने अनुष्काको तरखर !

एजेन्सीहरु

बलिउडमा तहल्का मच्चाइरहेकी सुन्दरी नायिक अनुष्का शर्माले अर्को बर्षदेखि आफुले फिल्म क्षेत्र छाड्न सक्ने वताएकी छन् ।भारतीय संचार माध्यमह?का अनुसार एक टिभी अन्र्तवार्तामा अनुष्काले आफ्नो लागि परिवार भन्दा ठूलो करिअर हुन नसक्ने भन्दै फिल्म क्षेत्र छाड्ने संकेत गरेकी हुन् ।अहिले आफुलाई फिल्ममा काम गर्न आनन्द आइरहेको र त्यही कारणले यस क्षेत्रमा टिकिरहेको वताइन् । आफु र परिवारले यो क्षेत्रमा आनन्द नमानेको बेला, आफु फिल्म क्षेत्रमा नहुने र त्यो क्षण अर्को बर्षनै आउन सक्ने उनको भनाई छ ।

1369487088_anushka-sharma-hot-images-8
‘रब ने बना दी जोडी’बाट बलिउडमा डेब्यू गरेकी यी नायिकाको बलिउड यात्रा सफल मानिन्छ । ‘जब तक है जान’ र ‘पिके’ ले यिनलाई अहिलेकै अब्बल नायिकाको दर्जामा उभ्याइदिएको थियो ।उनकै प्रोडक्शनमा बनिरहेको फिल्म एनएच १० पनि कम छैन । शुक्रबार मात्र उनको बम्बे भेल्वेट रिलिज भयो । जुन बहु प्रतिक्षित चलचित्र हो ।भारतको टेष्ट टिमका कप्तान विराट कोहलीसँगको संबन्धलाइ लिएर पनि उनको बलिउडमा चर्चा हुने गरेको छ । हालै अर्का क्रिकेट युवराज सिंहले उनलाई भाउजु भनेर सामाजिक सञ्जालमा कमेण्ट समेत गरेका थिए ।

Comments are closed.