बहस: नेपालमा गाजाको बैधानिकता


पोखरा
हटलाईन

पोखरा, साउन १३

✍️कुमुद कोईराला

बिगत लामो समयदेखी गाजा खेतीको बैधानिकताका बिषयमा आवाजहरु उठ्दै आएपनी त्यति गम्भिरतका साथ लिइएको थिएन नेकपाका संसद बिरोध खतिवडाले संसदमा गाजाको बैधानिकताका बिषयमा कुरा उठाएपछी यस बिषयमा अझ बढी चर्चा हुन थालेको

गाजा तथा नेपालमा गाजा खेतीको ईतिहास :

गाजा( Cannibis) एक प्राकृतिक बनस्पती हो जसको सेवनले नसा प्रदान गर्दछ। यसमा ४९३ किसिमका जैविक रसायनिक तत्वहुन्छन जसमध्य टेट्रा हाइड्रो कयानाबिनोल (टि.एच.सी) क्यानाबिडियोल ( सी.बी.डी) दुई प्रमुख तत्वहरु मानिन्छन गाजा सेवन गर्दालाग्ने नसा जस्लाइ युफोरिया भन्ने गरिन्छ त्यसको मुख्य कारण त्यसमा रहेको टि.एच.सी हो बी.एच.सीले कुनै पनि मनोबैज्ञानिक असरगर्दैन गाजा सन्सारकै पहिलो खेती गरिएको बनस्पती मध्य एक मानिन्छ। हिन्दुहरुको धार्मिक ग्रन्थको चार बेद मध्य अथर्व बेदमागाजालाइ सन्सारको पाँच उत्कृष्ट बनस्पती मध्य एक भनेर लेखिएको विभिन्न औषधीय गुणहरु बोकेको यस बनस्पतीको फाइबरपनि सन्सारकै बलियो प्राकृतीक फाइबर मध्य एक हो यस्को फाइबरबाट बनेका भाडाहरु प्राचीनकालमा ताइवान, जापान विभिन्नदेशमा प्रयोग भएको पाइएको १७औ सताब्दीमा यसलाइ दुखाइ कम गर्नको लागि खाने गरेको पाइएको १९औ सताब्दी सम्मआइपुग्दा प्रथम तथा दृतिय बिश्वयुद्धमा सैनिकहरुको साहस बढाउन दुखाइ कम गर्न गाजाको प्रयोग भएको मानिन्छ नेपालमा पनियसलाइ चौपायका पाचन कम भएका बेला, झाडापखाला लागेका बेला खुवाउने प्रचलन अझै पनि देख्न पाइन्छ १९ सताब्दीमानेपालका विभिन्न जिल्लाहरुमा गाजा खेती गरेको ईतिहास

हिप्पीहरुको नेपाल प्रवेश फस्टाएको गाजा खेती :

तत्कालिन उत्तर भियतनाम दक्षिण  भियतनामको युद्द चलिरहेको बेला अमेरिकी हस्ताक्षपबिरुद्द अमेरिकामा नै बिरोध भयो त्यसआन्दोलनमा हिप्पी समुहको प्रमुख सक्रीयता थियो राष्ट्र बिरुध्दको वैमनस्यताका कारण हिप्पी आन्दोलन सुरु भयो बिस्तारै पुरैअमेरिकामा यसको प्रभाव पर्न थाल्यो हिप्पिहरु ल्याटिन अमेरिकामा युरोपमा पनि आफ्नो प्रभाव जमाइसकेका थिए सन्यासी रमाइलो गरिरहने स्वभावका कारण उनीहरु एक देशबाट अर्को देश डुलिरहन्थे टर्की, लाहोर दिल्ली हुँदै उनीहरु नेपाल प्रवेश गर्दथे मनमोहक हिमाल, पहाड, प्राकृतीक दृश्य गाजा सेवनका लागि बैधानिक ठाउँ भएकाले नेपाल हिप्पिहरुको लागिहबबन्न पुग्यो १९७० को दशक  आइपुग्दा काठमान्डौका गल्ली गल्लिहरुमा हिप्पिहरु फेला पर्थे तत्कालिन समयमा करिब ३० वटा पसललाई गाजाबेच्नका लागि अनुमती पत्र दिइएको थियो त्यस समयमा किसानहरुले पनि गाजा खेती सुरु गरेका थिए गाजा खेती निकै फस्टाएकोथियो

अमेरिकी सरकार बिरुद्धको हिप्पिहरुको आन्दोलनले गर्दा अमेरिकी सरकारको लागि हिप्पीहरु टाउको दुखाइ बनिसकेका थिए नेपालमा प्रमुखत गाजाकै लागि हिप्पीहरु आएका संरक्षण भएको अनुभूति भएपछी तत्कालिन अमेरीकी राष्ट्रपती रिचर्ड निक्सनलेनेपालमा गाजा प्रतिबन्ध लगाउन दबाब दिए फलस्वरुप १६ जुलाइ, १९७३ मा गाजा बेच्ने अनुमती पाएका सबै संस्थाको अनुपत्र खारेजगरियो तर अझै पनि गाजाको उत्पादन सेवनमा रोक लगाइएको थिएन तर १९७६ मा मादक पदार्थ ऐन २०३३ अन्तर्गत गाजाकोउत्पादन,  सेवन व्यापारमा पुर्ण प्रतिबन्ध लगाइयो

गाजा( Cannibis) एक प्राकृतिक बनस्पती हो जसको सेवनले नसा प्रदान गर्दछ। यसमा ४९३ किसिमका जैविक रसायनिक तत्वहुन्छन जसमध्य टेट्रा हाइड्रो कयानाबिनोल (टि.एच.सी) क्यानाबिडियोल ( सी.बी.डी) दुई प्रमुख तत्वहरु मानिन्छन

नेपालमा गाजाको बैधानिकताको महत्व

हाल सन्सारमा २५ देश अमेरिकाको ३३ वटा राज्यहरुमा औषधीय उदेश्यका लागि गाजालाइ बैधानिक गरिएको त्यसैगरी उरुग्वे, क्यानडा, साउथ अफ्रीका, जर्जिया अमेरीकाका ११ वटा राज्यले  मनोरन्जन उदेश्यका लागि गाजालाइ बैधानिकता दिएका छन लक्जुम्बर्ग, न्युजिल्यान्ड, जर्मनी लगायत अन्य देशले गाजालाइ पुर्णरुपमा बैधानिकता दिने प्रकृयामा रहेका छन नेपालमा पनि यसकोबैधानिकता हुनुपर्छ भन्ने बिषयमा केही बुदाहरु यस्ता रहेका छन :

.गाजा एक औषधीय बनस्पती भएकाले यसको औषधीय गुण उल्लेखनीय रुपमा रहेको अध्यनले जनाएको यसमा रहेको सी.बि.डी टि.एच.सी औषधीय मान्यताले निकैनै महत्वपुर्ण मानिन्छ अझ सी.बी.डीको मानवीय शरिरमा कुनै पनि नकरात्मक असर नरहने पुष्टिपनी भइसकेको गाजाको सेवन दुखाइ कम गर्न पहिल्यैबाट चलिआएको हो  त्यसका साथै अल्जाइमर रोग, हाड्जन्य दुखाइ, मोतिबिन्दु, पी.टी.एस.डी जस्ता विभिन्न रोगको उपचारमा पनि गाजा उपयुक्त हुने अध्ययनले जनाएको छ। त्यसका साथै क्यान्सरकोउपचार गर्दा दिइने केमुले गर्दा बान्ता आउने समस्याको लागि पनि गाजा उपयुक्त हुने बताइएको सन्सारभरीका विभिन्नबिश्वबिध्यालयमा गरिएको अनुसन्धानले गाजामा भएका तत्व क्यान्सरको उपचारमा पनि प्रयोग गर्न सकिने तथ्य बाहिर निकालेका छन

)नेपालमा गाजालाई बैधानिकता दिनुपर्छ भन्नुका पछाडी यसले अर्थतन्त्रमा पुर्याउन सक्ने सम्भावित बृद्धि एक सशक्त कारण हो नेपालमा यसको खेतीको प्रचुर सम्भावना यसको अन्तरास्ट्रिय मुल्यले अर्थतन्त्रमा यसको ठूलो सम्भावना छैन भन्न सकिन्न १९७० कोसुरुवातमा सिमीत अनुमती पत्र पाएका पसलहरुबाट लगभग 1 करोड राजस्व उठेको थियो अमेरिकाको कोलोराडो राज्यमा २०१६मा  गाजाबाटमात्र करिब २४ करोड डलर कर उठेको थियो सन् २०२५ सम्ममा गाजाको बजार १५० बिलियन डलर पुग्ने २४ बिलियनडलरको राजस्व उठ्ने अनुमान गरिएको नेपालमा पनि यसको  प्रचुर सम्भावना यसको बैधानतिकाले नेपालको अर्थतन्त्रमा ठूलोवृद्धि गराउने देखिन्छ

)अमेरिकाको वासिङ्टनमा गरिएको सर्वेक्षणले गाजालाइ बैधानिकता दिएपछी बर्षमा गाजा सेवन गर्ने युवाहरुको संख्या .प्रतिशतबाट .1 प्रतिशत घटेको पाइएको यसका साथै अन्य लागुऔषध जस्तै कोकेन, ब्राउन सुगर, एल.एस.डी हरुको सेवन पनिघटेको पाइएको नेपालमा पनि अन्य लागुऔषधको प्रयोग गर्ने जमात ठूलो त्यसको न्युनिकरणका लागि गाजाको बैधानिकतालेकेही हद सम्म असर गर्ने देखिन्छ

) गाजाको बैधानिकताले साना किसानहरुमा ठूलो प्रभाव पर्ने देखिन्छ राम्रो बजार मूल्य नेपालका हिमाल , पहाड तराइ सबैठाउमायसको सम्भावना रहेको हुदा साना कृषकको आर्थिक अवस्थामा सकरात्मक प्रभाव पार्नेछ

) ) गाजाको फाइबर सन्सारकै  बलियो फाइबर मध्येको एक फाइबर मानिएकाले यस्को फाइबर उत्पादन गरेर कपडा उत्पादनमासहयोग पुग्न सक्छ। गाजाको फाइबरको कपडा , कार्पेट , भाडा जस्ता अन्य बस्तुलाइ अन्तरास्ट्रिय बजारमा प्रबर्द्धन गरि व्यापार गर्नसके नेपालको कपडा उद्योग बजार फस्टाउने सम्भावना बढी देखिन्छ

नेपालमा गाजा पर्यटनको सम्भावना

अहिले गाजालाई बैधानिकता दिएका राष्ट्र अमेरिकाका विभिन्न राज्यलेक्यानिबिज टुरिजमअर्थात गाजा पर्यटनलाईप्राथमिकता दिएको पाइन्छ यसले गर्दा देशको अर्थतन्त्रमा ठूलो सहयोग भएको पाइएको सन् २०१५ मा कोलोराडो राज्यले गाजापर्यटनबाट नै  ९८. मिलियन डलरको राजस्व संकलन गरेको थियो नेपालको प्राकृतीक सुन्दरता आतिथ्यले मोहित भइ बर्षेनी लाखौपर्यटन नेपाल भित्रीने गरेका छन यसलाइ गाजा सङ्ग जोडेर गाजा पर्यटनलाइ प्रवर्द्धन गर्नेहो भने नेपालको पर्यटन व्यवसाय अझैफस्टाउने सम्भावना रहेको कोलोराडो राज्यमा गाजाको सेवन गर्नको लागि भनेर २३ प्रतिशत पर्यटक वृद्धि भएको एक सर्वेक्षणलेबताएको नेदरल्यान्डमाकफी शपमा बर्सेनि हजारौ पर्यटक गाजा सेवन गर्न जान्छन। नेपालका विभिन्न पर्यटक स्थल जस्तै ठमेल, पोखरा, सौराहा जस्ता विभिन्न ठाउमा सिमीत रेस्टुरालाई अनुमती पत्र दिई सिमीत डोजमा गाजा सेवन गर्न दिनेहो भने पर्यटक बढ्ने पर्यटन व्यवसाय फस्टाइ देशले धेरै राजस्व संकलन गर्नेछ यसका लागि नेपाललाइएन्सियन्ट हिप्पीज हबको रुपमा प्रवर्द्धन गर्नसकिन्छ

नेपालमा  अहिलेसम्म गाजा बैधानिक नहुनुको कारण :

गाजा आफैमा एक विवादित बिषय मानिन्छ नेपाली समाजमा गाजालाइ छि छि थु थु को नजरले हेरिदै आएको गाजा खाएपछीमान्छे बिग्रन्छ भन्ने सोच जनमानसमा पहिल्यै देखि रहिआएको नेपालमा गाजालाइ बैधानिकता दिएपछी ठूलो संख्यामा युवाहरुयसको लतमा फस्ने ठूलो जनशक्ति अनुत्पादक हुन्छन भन्ने डर राज्यको पनि रहेको त्यसैगरी गाजाको सेवनले हिंसाको दर बढ्नेपनि अनुमान गरिएको गाजाको बैधानिकता सङ्गै यसको बढी सेवनले मानिसको सोच्न सक्ने क्षमता कम हुने, समरण शक्ति कमहुने जस्ता अस्थायी असरले गर्दा सडक दुर्घटना हुने गर्दछ अनुसन्धानमा यसमा थोरै मात्रमा क्यान्सर गराउन सक्ने रसायनिक तत्वपाइएको जसले गर्दा यसको अत्याधिक प्रयोगले क्यान्सर हुन सक्ने सम्भावना रहन्छ यी विभिन्न कारणले गर्दा अहिलेसम्मगाजालाइ बैधानिकता दिइएको छैन

अबको बाटो के ?

नेपालको अर्थतन्त्रलाइ उकास्ने हो भने गाजा खेतीको बैधानिकताले पनि ठूलो भुमिका खेल्ने देखिन्छ  गाजाले निम्त्याउने सम्भावितअसरहरु नभएका हैनन यद्यपि सरकारले उचित निती बनाइ कार्यन्वयन गर्ने हो भने यसको बैधानिकताले  देशले ठूलो आर्थिक फड्को मार्नेसम्भावना उरुग्वेमा २२ वटा कम्पनीलाइ गाजा खेतीकोलागि अनुमती पत्र दिएको त्यहा उत्पादन भएको गाजा अनुमती प्राप्तफार्मेसीले मात्र बेच्न पाउँछन् नेपालमा पनि उच्च सम्भावना भएका ठाउहरुमा केही कम्पनी वा कृषक समुहलाइ अनुमती पत्र दिने हो भनेजथभावी उत्पादन सेवनमा केही कमी आउँछ गाजालाइ बेच्नकालागी केही अनुमती पत्र प्राप्त औषधि पसललाई दिन उत्तिकै जरुरीदेखिन्छ साथै ती फार्मेसीहरुबाट गाजा लिनका लागि कम्तिमा २१ बर्ष ( नीति अनुसार) हुनुपर्ने दायरा गाजा कति सम्म किन्न पाउनेभन्ने हद निर्धारण गर्न जरुरी देखिन्छ त्यसैगरी गाजा पर्यटनको हकमा सिमीत रेस्टुरेन्टलाइ अनुमती पत्र दिई पर्यटकलाइ सिमीत समयदायरा भित्र सिमीत गाजा सेवन गर्न दिने हो भने यसको दुरुपयोग अत्याधीक सेवनमा कमी आउँछ यदी नेपालले गाजालाइबैधानिकता दिने हो भने पहिलो चरणमा केही प्रदेशमा यसलाइ औषधीय प्रयोगकालागि बैधानिकता दिने सकरात्मक नतिजा आएदेशभर यसलाइ बैधानिकता दिन सकिनेछ तर त्यसकालागि सरकारले उचित नीति बनाइ त्यसको कडाइका साथ कार्यनयन गर्न अत्यन्तजरुरी

लेखक कुमुद कोईराला कृषि विधार्थी हुन।

Comments are closed.