बाँस्तोला र पराजुलीको निधनमा कास्की काँग्रेसद्धारा शोक व्यक्त

पोखरा ४ बैशाख-
समाजसेवी तथा शिक्षाप्रेमी विश्वराज बाँस्तोलाकी धर्मपत्नी तथा नेपाल पत्रकार महासंघ कास्कीका पूर्व सभापति रविन्द्र बास्तोलाकी आमा रेवती बाँस्तोलाको निधनप्रति नेपाली कांग्रेस कास्कीले शोक व्यक्त गरेको छ । कांग्रेस कास्कीका सभापति यज्ञबहादुर थापाले शुक्रवार विज्ञप्ती निकालेर शोकाकुल परिवारप्रति समवेदना प्रकट गरेका हुन् ।
विज्ञप्तिमा स्वर्गिय बाँस्तोलाको मृत आत्माको चिर शान्तीको कामना गर्दै शोकाकुल परिवारप्रति समवेदना व्यक्त गरिएको छ । स्वर्गिय बाँस्तोलाको शुक्रबार बिहान पोखरा–११, फुलबारीस्थित निवासमा निधन भएको थियो ।
यसैगरी, नेपाल प्रेस युनियन कास्कीले पनि विज्ञप्ति निकालेर आफ्ना केन्द्रीय पार्षद् रविन्द्र पराजुलीकी आमाको निधनमा दुःख व्यक्त गरेको छ ।
साथै नेपाल ट्रेड युनियन कांग्रेस कास्कीका पूर्व अध्यक्ष चापाकोट निवासी विश्व पराजुलीकी ममतामयी आमाको बैशाख एक गते भएको निधनप्रति पनि कास्की कांग्रेसले शोक व्यक्त गरेको छ । स्वर्गिय पराजुलीको निधनले कास्की कांग्रेस स्तब्ध भएको जिल्ला सचिव युवराज कुँवरले विज्ञप्तीमार्फत जनाएका छन् ।

Comments are closed.