पोखरा ३ चैत ,पोखराको न्युरोडमा दुई विपरित दिशाबाट आएका मोटरसाइकल र स्कुटर एकआपसमा ठोक्किई दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । साँझ करिब ५.५०को समयमा ग१३प ६०८५ नम्बरको मोटरसाइकल र ग१५प८९४७को स्कुटर एक आपसमा ठोक्किँदा सो दुर्घटना भई मोटरसाइकल र स्कुटरमा सवार ३ जना घाइते भएका हुन् । सो घटनापश्चात घाइतेलाई उपचारको लागि अस्पताल पु¥याईएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।
Comments are closed.