पाेखरा १३ पाेखरा । दुई दर्शकपछि नेपालले यू–१९ साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ। घरेलु मैदानमा भारतलाई ट्राइबेकरमा हराउँदै नेपालले उपाधिमाथि कब्जा जमाएको हो। शनिबार भएको फाइनल प्रतिस्पर्धामा नेपालले टाइ ब्रेकरमा भारतलाई ५–४ गोलअन्तरले पराजित गर्न गदै उपाधि उचालेको हो।करिब बाइस वर्षसम्म कुनै अन्तराष्ट्रिय उपाधि उचाल्न नसकेको इतिहासलाई तोड्दै नेपाली फुटबल टोलीले विजयको नयाँ इतिहास रचेको हो ।नेपालले अन्तर्राष्ट्रिय फुटबलमा सन् १९९३ यता उपाधि जित्न सकेको थिएन । सन १९९३ मा ढाकामा भएको छैटौं दक्षिण एसियाली खेदकुदमा स्वर्ण जितेको थियो । त्यसयता नेपाली पुरुष टीमले कुनै पनि उपाधि जित्न सकेको थिएन । नेपालले बलियो प्रतिद्वन्द्वी भारतविरुद्ध प्रभावशाली खेल पस्कँदै उपाधि जित्न सफल भयो ।शुरुवातबाटै भारतलाई डिफेन्सिफ हुन बाध्य पारेको नेपालले ३१ औं मिनेटमा गोलको खाता खोलेको थियो ।
नेपालका लागि सुनिल बलले खेलको ३१ औं मिनेटमा दिएको कर्नर बललाई सदुपयोग गर्दै तेज तामाङले गोल गरेका थिए । उनले अनन्त तामाङको हेडलाई भारतीय किपरले बचाएपछि फर्केको बललाई जालीको स्र्पशमा पुर्याका थिए । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भरिभराउ दर्शकबीच भएको फाइनल भिडन्तमा नेपालले दोस्रो हाफमा पनि आक्रामक खेल खेलेको थियो । नेपाली गोलरक्षक सोजित गुरुङले भारतीय खेलाडीको पहिलो पेनाल्टी रोके । जुन नेपाललाई उपाधि दिलाउन पर्याप्त बन्यो ।
विमल घर्तीमगरका दर्जनौं प्रयासलाई भारतीय गोलरक्षकले असफल बनाएपनि ट्राइबेकरमा नेपालले घरेलु मैदानमा जित दर्ता गदै उपाधिमाथि कब्जा जमाउन सफल भयो । नेपाली टिमको जीतसंगै नेपालीमा खुशीयाली छाएको छ ।
नेपालको जितमा पोखरामा मोटरसाइकल र्याली
फुटबल खेलको उर्वर भुमि पोखरामा नेपालको जितसंगै खुशीयाली छायो । काठमाडौमा शनिबार सम्पन्न साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले भारतलाई टाइब्रेकरमा ५–४ ले पराजित गरेपछि पोखरेलीमा खुशीयाली छाएको हो । नेपालले २२ वर्षपछि फुटबलमा भारतलाई हराउदै उपाधि जितेपछि पोखरेली फुटबल प्रेमीले स्वतस्फुर्त मोटसाइकल र्याली निकाले । नेपाली झण्डा सहित नेपालको पक्षमा नाराबाजी गदै मोटरसाइकल र्यालीको आयोजना गरिएको हो । स्वतस्र्फुत निस्किएको मोटरसाइकल र्यालीले नगरको परिक्रममा गरेको थियो । दुई दशकपछि नेपालले जितेपछि सवै नेपालीमा खुशीयाली छाएको छ । यो जित नेपालका लागी ठूलो फुटबल प्रेमी तुलबहादुर ठुकरीले भने सधै हारमा खिन्न हुुनुपर्ने नेपालीलाई एक दशकपछि ठूलो खुशी ल्याएको छ ।
Comments are closed.