म्याग्दी, १६ असार
जिल्ला पशुसेवा कार्यालय
म्याग्दीले यस वर्ष कृषकलाई
व्यावसायिक बाख्रापालनतर्फ आकर्षित
गर्न रु. एघार लाख ५० हजार अनुदान
प्रदान गरेको छ ।
दरवाङ गाविस ७, ८ र ९
का एकसय कृषकले रु ११ हजार ५
सयका दरले अनुदान पाएका हुन् ।
फूलबारीस्थित जनहित र दिच्यामको
ठूलाचौर बाख्रापालन समितिमा आवद्ध
५०÷५० जना कृषकलाई व्यवसाय
उन्मुख बाख्रापालन कार्यक्रमअन्तर्गत
अनुदान सहयोग गरिएको कार्यालयका
पशुसेवा प्राविधिक डिल्लीराम रेग्मीले
जानकारी दिए । प्रतिव्यक्ति बाख्रा
खरिद गर्न रु ९ हजार र खोर निर्माण
गर्न रु दुई हजार ५०० का दरले सहयोग
गरिएको हो ।
यसअघि एक समूहको बाख्रा
अर्को समूहलाई लगेर पैँचोको
रूपमा बाख्रा वितरण गरिँदै आएको
थियो । त्यस्तो गर्दा विभिन्न रोग
भित्रिने समस्या भएपछि अहिले नगद
नै वितरण गरेपछि कृषकले आफ्नो
चाहना अनुसार बाख्रा किन्न पाएका
छन् । समूहले पाएको अनुदान दुई
वर्षपछि फिर्ता गर्नुपर्नेछ ।
एउटा समितिअन्तर्गत रहने
पाँचवटा समूहलाई उन्नत् जातको
बोका खरिदका लागि रु आठ हजार
र औषधि खरिदका लागि रु. १०
हजारका साथै घाँसको बीउ र प्राविधिक
सहयोग पनि गरिएको छ । व्यावसायिक
बाख्रापालन विस्तार गरी कृषकको
आम्दानी वृद्धि गराई जिल्लामा मासुका
लागि खसीबोका आयात घटाउने उद्देश्यले
सहयोग गरिएको वरिष्ठ पशु चिकित्सक
दयाराम चापागाईँले बताए ।
Comments are closed.