बागलुङ २७ चैत्रः दिउसो करिब १२ः३० बजेको समयमा बागलुङको निसिखोला गाँउपालिका–४ मा आगोलागी भएको छ । ओख्रेनीबस्ने डिल्लीराज आचार्यले आफ्नै बारीमा सुकेको काडा,स्याउला जलाउने क्रममा हावाले उडाई सो आगोलागी भएको हो ।उक्त आगोलागीबाट अन्दाजी २०० मिटर माथी रहेको बागलुङ निसीखोला गाँउपालिका–४ ओख्रेनी बस्ने नर बहादुर घिमिरेको ढुङगामाटोले बनेको टिनको छानो भएको २ तले कच्ची घर, ढुङगामाटोले बनेको खरको छानो भएको कच्ची गोठ र सोही गाँउ निबासी प्रेम घिमिरेको ढुङगामाटोले बनेको टिनको छानो भएको २ तले कच्ची घरमा आगोलागीले क्षति बनाएको छ भने आगोलागीमा कुनै , मानबिय तथा चौपाया क्षति भने नभएको बताइएको छ ।उक्त आगोलागीको खबर प्राप्त हुनासाथ घटनास्थलमा प्रहरी टोलि गई स्थानियको सहयोगमा आगो नियन्त्रणमा लिई थप उद्दार कार्य भईरहेको खबर प्राप्त भएको छ । ः नेत्र क्षेत्री
Comments are closed.