बाढि पहिरो पीडित र विपन्नलाई राहत वितरण

पोखरा ८ साउन । लकडाउन र बाढि पहिरोबाट प्रभावितलाई हिमाली जिल्ला मुस्ताङको लोमन्थाङमा रहेको पाल ऐ हाम नामग्याल गुम्बा स्कुलले राहत वितरण गरिरहेको छ ।

पोखरा महानगरपालिकाको समन्वयमा ५ सय घरपरिवारलाई राहत वितरण गर्ने कार्यक्रम अन्र्तगत पोखरा महानगरपालिका १४ मा रहेका सुकुम्बासी बस्तीमा रहेका ६० विपन्न परिवारलाई राहत वितरण गरिएको हो । देशमा भएको लकडाउन र बाढि पहिरोले अप्ठयारोमा परेकाहरुलाई राहत वितरण गरिएको हो । पोखरा १४ को विजय बस्ती टोल वेलचौतारा, रातो डांडा, बिजयपुर आनन्द टोल घट्टेकुलो, साधनामार्ग र नयाँ बस्तीमा बसोबास गर्दै आएका दैनिक ज्याला मजदुरी गर्ने अति विपन्नहरुलाई खाद्यान्न सामाग्री वितरण गरिएको छ ।

पोखरा १४ मा रहेका ब्यक्तिहरुलाई महिला मानव अधिकार रक्षक सञ्जाल कास्कीका अध्यक्ष तारा माया थापा मगरको समन्वयमा राहत वितरण गरिएको हो । गुम्बा स्कुलका सल्लाहकार तथा गण्डकी प्रदेश सभा सदस्य इन्द्रधारा विष्टको सक्रियतामा राहत वितरण गरिएको हो । राहत वितरण गर्ने जानकारी पाएपछि आफनो वडाभित्र विहान बेलुका हात मुख जोर्न समस्या भएका घर परिवारको पहिचान गरि राहत वितरण गरिएको अध्यक्ष तारामाया थापा मगरले बताइन् ।

गुम्बाले हालै वर्षाका कारण घरबार गुमाएका परिवारहरुलाई समेत खाद्यान्न सामाग्री वितरण गरेको छ । गुम्बाका सल्लाहकार तथा प्रदेश सभा सदस्य इन्द्रधारा विष्टका अनुसार पोखरा १८ मा पहिरोमा परि ज्यान गुमाएका परिवार र पोखरा १५, २५ र २६ मा पहिरोले विस्थापित भएकाहरुलाई राहत वितरण गरिएको छ । त्यस्तै पोखराको मानव सेवा आश्रम लगायत बृद्धाश्रममा समेत राहत उपलब्ध गराइएको छ । पाल ऐ हाम नामग्याल गुम्बा स्कुलले गरेको काम प्रसंसनिय छ महिला मानव अधिकार रक्षक सञ्जाल कास्कीकी अध्यक्ष थापा भनिन्‘राहत वितरणले लकडाउन र पहिरो पीडितलाई राहत भएको छ ।’

गुम्बा स्कुलका प्रध्यानाध्यापक ग्याचो लामाले आफुहरुको स्कुलले पहिरो पिडित, सुकुम्बासी तथा शारिरीक अशक्त भएका र वृद्धाश्रममा रहेका वृद्धवृद्धाहरुलाई लक्षित गरी ५ सय परिवारलाई राहत वितरण गर्ने लक्ष्य रहेको र हाल सम्म ४ सय घर परिवारलाई खाद्यान्न सामाग्री वितरण गरिसकेको वताए । हिमाली जिल्ला मुस्ताङको लोमन्थाङ गाउपालिका वडा नम्बर ३ मा रहेको पाल ऐहाम नामग्याल गुम्बा स्कुलले हिउदको समयमा पोखरामा १८ खपौदीमा स्कुल सञ्चालन गर्दै आएको छ ।

Comments are closed.