बादलले हटाए स्वकीयसचिव तामाङलाई

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आफ्ना स्वकीयसचिव विरु तामाङलाई पदबाट हटाएका छन् । आफूसँग रहेर पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वर्षमान पुनका लागि काम गरेको आरोप लगाउँदै उनले तामाङलाई हटाएका हुन् ।

    उनी पूर्वमाओवादी लडाकूसमेत हुन् । गृहमन्त्री थापाको सचिवालयमा अधिकृतस्तरको नियुक्तिमा उनी सुरुवाती समयदेखि नै कार्यरत् थिए ।         गृहमन्त्रीनिकट   स्रोतले भन्यो, “हाम्रो समूहमा रहेर उनले युवामा भाँडभैलो गरे । प्रचण्ड र वर्षमानका लागि काम गर्न लागेको सूचना पाएपछि हटाइएको हो ।”

यसअघि, संसद् विघटनको निर्णयपछि गृहमन्त्रीका प्रमुख सल्लाहकार सूर्य सुवेदीले पदबाट राजीनामा दिएका थिए ।from ratopati news

Comments are closed.