पोखरा ३१ साउन । कांग्रेस नेता रामजी पौडेल ‘बादल’ को अत्या आरोपमा पक्राउ परेका लेखनाथ नगर सभापति राजेन्द्रमणी लामिछानेले प्रहरी हिरासतमै अनशन बसेका छन् । शनिबार पक्राउ परेका लामिछानेको आइतबार म्याद थप गरी प्रहरीले अनुशन्धान गरिरहेको छ । प्रहरीले अनुशन्धान गरिरहेको अवस्थामा लामिछानेले थालेको अनशनले कार्यकर्तामा समेत आशङ्का उत्पन्न गराएको छ ।
उनलाई भेट्न केही कांगेस कार्यकर्ता प्रहरी कार्यालय पुगेका थिए । कार्यकर्तासँग लामिछानेले शनिबारदेखिनै पानी मात्रै खाएर आफु अनशन बसेको बताएका थिए । लामिछानेले आफु दोषि ठहरिए जस्तोसुकै कारवाही पनि भोग्न तयार रहेको बताएको उनलाई भेट्न गएका कार्यकर्ताले बताएका छन् ।
कास्की प्रहरी प्रमुख हरिबहादुर पालले अनुशन्धान भैरहेको अवस्थामा अनशन बस्नुको कुनै अर्थ नभएको बताए । ‘अनुशन्धान भैरहेको छ । दाषि भए कडा कारवाही हुन्छ । दोषि नठहरिए केही गर्न मिल्दैन । अहिले अनशन बसेर केही हुने वाला छैन । हत्यामा संलग्न अन्य व्यक्तीहरुको पनि खोजि भैरहेको उनले जानकारी दिए ।
केही कार्यकर्ताले भने प्रहरी अनुसन्धान भैरहेका बेला अनशन बस्नुले घटनालाई उग्र रुप दिनु जस्तै भएको बताउँछन् । अनशनले हत्याराको खोजिमा सहयोग नभई झन् बल दिने बताएका छन् । लामिछानेले घटनाको निश्पक्ष छानविन, हत्यारालाई छिटो पत्ता लगाई कारबाही र बास्तविक हत्यारा नछुटोस् भन्ने मागसहित हिरासतमै अनसन बसेको भेटमा सहभागिले बताएका छन् ।
हत्यामा संलग्न राजु रानाभाट शुक्रवारनै पक्राउ परेका थिए । फरार रविन केसी, प्रकाश गुरुङ र विश्वास गौतमको खोजी भैरहेको पालले बताए । हत्याको शुष्म अनुसन्धान भैरहेको र संलग्न जो कोहिलाई पनि कुनैपनि दवाव प्रभाबमा नछोड्ने प्रहरीले जनाएको छ । लेखनाथ १ बरालथरका पौडेलको शुक्रवार विहान घर नजिकै मृत अबस्थामा शब भेटिएको थियो । लेखनाथ नगर समितिको सभापतिको लागि कार्यकाल दोहोर्याउने सोचमा रहेका लामिछाने र अर्का दावेदार नारायण तिवारी बिचको टसलले घटना भएको पार्टी कार्यकर्ताहरुलेनै आरोप लगाएका छन् ।
Comments are closed.