एक पटक बादशाह बजार डुल्दै थिए । उनले शहरमा राम्री युवती देखे । उनले युवती कसकी छोरी हुन् ? पत्ता लगाउन आदेश दिए । पत्ता लाग्यो, उनी त्यहीकी नामी सुन व्यापारीकी छोरी हुन् ।
उनले ती युवतीसँग बिहे गर्नलाइ सुन व्यापारी खोज्ने आदेश दिए । सेना उनको घरमा पुगे । त्यहाँ ताला लगाइएको थियो । बादशाहले बजारमा खोज्न आदेश दिए । तर भेटिएनन् । फेरी उनले व्यापारी भेट्नेलाइ सय किलो सुन दिने भने । अझै पनि भेटिएनन् । उनले ती व्यापारी लुकाउने मान्छेलाइ तर्साउने निधो गरे । व्यापारी लुकाएको मान्छेलाइ फाँसी दिने घोषणा गरे । राज्यभर सेना परिचालन भए । तर भेटिएनन् । बादशाहको समय ब्यर्थमा खेर गयो । जसरी यो पढ्दा पढ्दै तपाइको पनि समय खेर गयो ।
Comments are closed.