काठमाडौं,असार २१ – एमाओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले सबै कम्युनिष्ट वामपन्थी पार्टी/समूहबीचमा संगठनात्मक एकताको प्रस्ताव तयार गरेका छन् । राष्ट्रिय/अन्तर्राष्ट्रिय नयाँ परिस्थिति , नयाँ विचार, नयाँ कार्यदिशा, नयाँ शक्ति र तत्कालीन कार्यविभाजन शीर्षकमा उनले तीन पृष्ठ लामो प्रस्ताव आन्तरिक छलफलमा ल्याएका छन् ।
विगतमा मुख्यतः तत्कालीन कार्यनीतिक विवादले कम्युनिस्ट पार्टीमा विभाजन आएको र आज देशमा विभिन्न कम्युनिस्ट/वामपन्थी पार्टी/समूह अस्तित्वमा रहेको धरातलीय यथार्थ स्वीकार गर्दै नयाँ परिस्थितिमा अधिकांश समूहबीच तत्कालीन कार्यनीति र आचरण विषयमा बढ्दो निकटता रहेकाले समाजवादी क्रान्तिको नयाँ राजनीतिक कार्यदिशाको आधारमभा सबै कम्युनिष्ट /वामपन्थी पार्टी/समूहबीचमा संगठनात्मक एकताका निम्ति पहल गर्ने उनको प्रस्ताव छ ।
सुरुमा कार्यगत एकता/संयुक्त मोर्चा कायम गर्दै अन्ततः एकीकृत पार्टी निमाृणमा जोड दिने , बहस छलफलका क्रममा पूरै पार्टी /समूहबीच एकता हुन नसके विचार/प्रवृत्ति मिल्ने समूह/व्यक्तिबीचमा एकता कायम गरी नयाँ शक्ति निर्माण गर्न प्रयत्न गर्ने उनको प्रस्ताव छ, आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
Comments are closed.