बाबुले च्याट गर्न नदिएपछि गोली हानी आत्महत्या

एजेन्सी |२०७१ १६ चैत्र  

फोटो :एजेन्सी
एजेन्सी : भारतको इलाहाबादमा बाबुले सामाजिक सञ्जालमा च्याट गर्न नदिएको झोंकमा आफैलार्इ गोली हानेर आत्महत्या गरेका छन् ।  फेसबुकमा धेरै च्याट गरेको देखेपछि बाबुले गाली गरेपछि त्यही रिसमा १४ वर्षीय एक किशोरले आफैंलार्इ गोली हानी आत्महत्या गरेका हुन् ।भारतीय प्रहरीका अनुसार यो घटना इलाहाबादको  नैनी इलाकास्थित पारसनगरमा भएको हो । प्रहरीका अनुसार नौ कक्षामा पढ्दै गरेका किशोर गत बुधबार राति आफ्नो मोबाइलबाट फेसबुकमा च्याटिङ गरिरहेका थिए ।

आफ्नो छोराले रातिको समयमा पनि च्याटिङ गर्दै गरेको देखेपछि पेशाले वकिल रहेका किशोरका बाबु विद्याकान्त शुक्लाले फोन खोसेर फ्याकिदिएका थिए । बाबुले मोबाइल खोसेपछि किशोरले कोठाको ढोका बन्द गरेका थिए । उनले बिहीबार बिहान आफैंलार्इ गोली हानी आत्महत्या गरेका हुन् ।

बिहीबार बिहान परिवारजनले कोठाको ढोका खोलेर हेर्दा उनी रक्ताम्य अवस्थामा ओछ्यानमै ढलेका थिए । परिवारले तत्कालै उनलार्इ अस्पता लगेका थिए । अस्पताल पुर्याउने वित्तिकै ती किशोरलार्इ चिकित्सकहरुले मृत घोषित गरिदिए । प्रहरीले घटनास्थलबाट ३.२ बोरको रिभल्बर र एउटा खाली कारतुस पनि बरामद गरेको छ । एक प्रहरी अधिकारीले बताएअनुसार सो रिभल्बर उनकै बाबुले प्रयोग गर्दै आएको जनाएका छन् ।

Comments are closed.