गोरखा ३१ वैशाख – भूकम्पपछि अवरुद्ध बारपाक पुग्ने सडक विहिवार दिउँसोबाट सुचारु भएको छ ।नेपाली सेनाको टोलीले कच्ची सडकको ठाँउमा गएको पहिरो हटाएपछि मोटरबाटो सुचारु भएको हो । भैरवी दलका गणपति प्रेम थापाको नेतृत्वमा पहिलो पटक ना १ झ १०४४ नम्बरको जीप बारपाक पुगेको हो ।
‘हामी गाडी चढेर बारपाक आई पुग्यो’, उनले टेलिफोनमा भने । ११ किलो छेवेटार, भालुस्वाँरा बारपाक सडक खण्ड अन्र्तगत भुकम्पले ठाँउमा पहिरो खसेर सडक अवरुद्ध भएको थियो । मुच्चोक देखि सिम्जुङको बालुवा, राङराङमा ठुला/ठुला पहिरो गएका थिए । जिल्ला प्रशासन कार्यालयले पनि बाटो खुलाउन जेसेभी र डोजरहरु प्रयोग गरेको थियो । भूकम्पको कारण खसेको राङरुङको पहिरोमा पुरिएर ३ जनाको मृत्यु समेत भएको थियो ।
बारपाक गाविसकै मान्द्रेमा सडक चिराचिरा परेर भासिएको छ । सडक अवरुद्ध हुदाँ स्थानियबासी आउजाउ गर्न र दैनिक उपभोग्य बस्तुहरु ढुवानी गर्न समस्या भएको थियो ।
Comments are closed.